बालकुमारी घटनाबारे प्रहरीले भन्यो–‘एक्कासी प्रहरीविरुद्ध ढुंगामुढा भएपछि दुर्घटना’
काठमाडौँ । ललितपुरको बालकुमारीमा प्रदर्शनकारीले एक्कासी ढुंगामुढा गरेपछि स्थिति नियन्त्रण बाहिर गएको र दुर्घटना भएको प्रहरीले दाबी गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले घटनास्थलमा खटिएका डीएसपी उमेश लम्सालसहित ३ जना प्रहरी र ४ जना सशस्त्र प्रहरी घाइते भएसँगै स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको जिकिर गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी (एसपी) नवराज कार्कीले शुक्रवार साँझ एक विज्ञप्ति जारी गरेर ‘एक्कासी ढुंगामुढा’ भएको बताएका हुन् । उनले भनेका छन्,‘भिड तितरबितर गर्न अश्रुग्याँस प्रहार गर्दा बालकुमारी तर्फ गएको समूहले मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी रोकेर टायरमा ओट लगाई हावा फुस्काएर आगजनी गरे, त्यसपछि टियर ग्याँस र रबर बुलेट प्रहार गर्नुपर्ने अवस्था आयो ।’
बिहान ८ बजेदेखि नै ईपिएस कार्यालय अगाडी रोजगार अनुमति प्रणली (इपिएस) परिक्षामा सहभागीता हुनुपर्ने माग लिएर करिब ३ हजार मानिस भेला भएका थिए । आक्रोशित भिडबाट ढुंगा प्रहार हुँदा डिएसपी उमेश लम्साल, सहायक हवल्दा सुशील सुवेदी जवान निर्माणबाबु सेजुवाल तथा सशस्त्र प्रहरीका ४ जना घाइते भएका कार्कीले बताए ।
प्रदर्शनमा सहभागी अछाम चौरपाटी गाउँपालिका १ बस्ने २१ वर्षीय विरेन्द शाहको प्रहरीको गोली लागेर मृत्यु भएको छ । दैलेख महावु गाउँपालिका–६ घर भएर भक्तपुर बस्ने २३ वर्षीय सुजन रावतको पनि मृत्यु भएको छ । तर, रावलाई गोली लागेको पुष्टि भएको छैन ।
मन्त्रीको गाडी आगजनी र तोडफोडमा संलग्न ७३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण