इमरान खानको उम्मेदवारी रद्द, धेरै पीटीआई नेता चुनावबाट बाहिर
इस्लामाबाद । पाकिस्तानको निर्वाचन आयोगले जेलमा रहेका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानको उम्मेदवारी रद्द गरेको छ । पीटीआईका कराची अध्यक्ष खुर्रम शेर जमानले आफ्नो एक्स ह्यान्डलमा यो जानकारी दिएका हुन्।
उनले लेखेका छन्, ‘इमरान खानको नामांकन पत्र लाहोर र मियाँवालीबाट रद्द गरियो। यसको विरुद्धमा हामी अदालत जान्छौं । सर्वोच्च अदालतले आजीवन प्रतिबन्ध लगाएपछि पनि नवाज शरीफको पत्रलाई कसरी स्वीकार गरियो, त्यो अचम्मको कुरा हो।’
शनिबार ठूलो संख्यामा पीटीआईका उम्मेदवारहरूको उम्मेदवारी अस्वीकृत भएकोमा पार्टीले विरोध जनाएको छ । पाकिस्तानमा आगामी फेब्रुअरी ८ मा आम निर्वाचन हुँदैछ र शनिबार उम्मेदवारको उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन थियो ।
अगस्ट ५ मा इमरान खानलाई तोशाखाना मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको थियो । त्यसपछि निर्वाचन आयोगले उनलाई पाँच वर्षका लागि अयोग्य घोषित गरेको थियो ।
वरिष्ठ पीटीआई नेता र पूर्व राष्ट्रिय सभा अध्यक्ष असद कैसरले भने, ‘आज म सहित सबै वरिष्ठ पीटीआई नेताहरूको मनोनयन पत्र अस्वीकार गरियो। यो नवाज शरीफलाई प्रधानमन्त्री बनाउनको लागि एउटा चाल मात्र हो।’ ‘यो चुनाव होइन, छनोट हो’ भन्ने आरोप धेरै नेताहरूले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण