माघ २५ गतेदेखि लुम्बिनी प्रदेशस्तरीय एक्स्पो आयोजना हुने

बुटवल । दाङको घोराहीमा लुम्बिनी प्रदेशस्तरीय दाङ एक्स्पो–२०८० हुने भएको छ । दाङ चेम्बर अफ कमर्शको आयोजनामा एक्स्पो हुने भएको हो । चेम्बरले सोमबार साँझ घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रदेशस्तरीय एक्स्पो आयोजना गर्ने जानकारी दिएको हो ।
आगामी माघ २५ गतेदेखि फागुनको ९ गतेसम्म घोराही उपमहानगरपालिका–१४ झिगौंरामा प्रदेशस्तरीय एक्स्पो सञ्चालन गर्न थालिएको दाङ चेम्बर अफ कमर्शका अध्यक्ष विकास अग्रवालले जानकारी दिएका छन् ।
पछिल्लो समय आर्थिक गतिविधि चलायमान बनाउँदै स्थानीयस्तरमा उत्पादित कृषि, जडिबुटीलगायतका सामग्रीको बजारीकरणका लागि प्रदेशस्तरीय एक्स्पोको आयोजना गर्न थालिएको उनले जानकारी दिए ।
उनले जिल्लाको कृषि, जडिबुटिलगायत स्थानीय उत्पादनको बजारीकरणका लागि एक्स्पोमा ५० बढी स्टलहरु राख्ने बताए । अग्रवालले स्थानीय उत्पादनको बजारीकरणका लागि कृषि सामाग्री निशुल्क रुपमा प्रदान गरिने बताए ।
एक्स्पोबाट संकलित रकम चेम्बरको आफ्नै भवन निर्माणमा लगाउने योजना रहेको उनले बताए । एक्स्पोमा जिल्लास्थित उद्योगी, व्यवसायीहरुलाई विशेष प्राथमिकता दिएर स्टलमा पनि विशेष छुट गरिएको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले चैते धान नकिनिदिँदा भुसको भाउमा बेच्नुपरेको किसानको गुनासो
-
संसद् र सभामुख बिचौलियाको पक्षमा उभिएको सांसद शाहीको आरोप
-
शक्तिशाली सरकारले आम अपेक्षा विपरीत बजेट ल्यायो : सांसद पाण्डे
-
संघीय निजामती सेवा विधेयकसम्बन्धि समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
-
अहमदावाद विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुबाहेक ३३ जनाले पाउलान् क्षतिपूर्ति ?
-
मथुरामा घर भत्किँदा ३ जनाको मृत्यु, धेरै जना पुरिएको आशंका