ग्रेड कटौतीविरुद्ध प्रहरीका वरिष्ठ सईहरू सर्वोच्चमा
काठमाडौँ । प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) हरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूले पाउनुपर्ने ग्रेड रकम नपाएको भन्दै उनीहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।
प्रहरीबाट राजीनामा दिएर र अवकाश पाएका पूर्व वरिष्ठ सईहरू पनि अदालतमा पुगेका छन् । अवकाश प्राप्त सुफतमान राई, राम करन गुप्ता, सुरेश कुमार राई र ओमप्रकाश शाक्य सहितका जुनियर अधिकृतहरूले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । पुस १६ मा सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले कारण देखाऊ आदेश जारी गरेका हुन् ।
बहालमा रहेका वरिष्ठ सई विनय बहादुर चन्द सहित १४ जनाले दायर गरेको रिटमा मंगलबार सुनुवाइ हुँदै छ । प्रहरी नायव निरीक्षकले हाल तलबमा ८ ग्रेड थप सेवा सुविधा पाउँछन् । तर, वरिष्ठ प्रनानीहरुले २ ग्रेड मात्र पाउने गरेको उनीहरूको गुनासो छ । सर्वोच्चमा रिट दायर गर्ने मध्येका एक जना वरिष्ठ सईले रातो पाटीसँग भने–‘हाम्रो दर्जा बढाउने निर्णय भयो तर, सेवा सुविधा यजुनिरले पाउने भन्दा कम पाएका छौँ ।’
एक दिनको तलब बराबर १ ग्रेड हुन्छ । वरिष्ठ प्रनानीहरुले थप ३ ग्रेड रकम पाउनुपर्ने माग गरेका छन् । पूर्व वरिष्ठ प्रनानीहरुले बहालमा रहँदा पाउनुपर्ने तर, नपाएको रकम पाउन माग गरेका हुन् । बहालवाला प्रनानीको तलब स्केल अहिले ३५ हजार ६५० छ । सो रकममा प्रति ग्रेड ८९ रुपैयाँको दरमा पाँच ग्रेड पाउनुपर्ने उनीहरूको माग छ ।
अवकाश प्राप्त सईहरुले प्रतिमहिना २६२ रुपैयाँको दरले थप ग्रेड रकम भुक्तानी दिनुपर्ने माग गरेका हुन् । अवकाशमा गएकाहरूले ग्रेड रकम मिलान गरेर निवृत्तिभरण दिन माग गरेका छन् । उनीहरूले उपचार खर्च र बिदाको रकम पनि पाउन माग गरेका छन् । वरिष्ठ प्रनानीहरुले मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालयका सचिव, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी किताबखाना र निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई विपक्षी बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण