विपनाको नयाँ म्युजिक भिडियोमा समीप र मिसेलको अभिनय
बिहीबार, १९ पुस २०८०, १५ : ४५

काठमाडौँ । विपना विष्टको स्वर रहेको गीत ‘परिणाम’ सार्वजनिक भएको छ । साक्षी–श्रेयको शब्द, सङ्केत अगस्तीको संगीत रहेको गीतमा विशाल निरौलाको संगीत संयोजन छ ।
गीतको भिडियो पनि बनेको छ । भिडियोले प्रेम, धोका र बाल मनोविज्ञानका विषय उठाएको छ । भिडियोमा समीप निरौला, मिसेल घिमिरे, श्रेया अगस्ती, नुर दाहाल, कृतिका गौतम, आराध्य निरौला, भूपेन्द्र निरौला, लच्छिता चापागाईँ, सुवास शाह, युनिका श्रेष्ठ, सविन मगर लगायतको अभिनय छ ।
राम केसीको छायाङ्कन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो सङ्केत अगस्तीले निर्देशन गरेका हुन् । यस अगाडि श्रेय अगस्तीको स्वरमा यो गीतको मेल भर्सन आएको थियो । जसको चर्चापछि अहिले विपना विष्टको स्वरमा फिमेल भर्सन ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा भएको विमान दुर्घटनाको नेपालद्वारा दु:ख व्यक्त
-
कमजोरी सच्याउँदै आन्दोलन नयाँ ढंगले अघि बढ्छ : कमल थापा
-
मुग्लिन–मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने
-
कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु
-
विमान दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन्, ‘भूकम्प आएको जस्तो महसुस भयो’
-
१४ जुनभित्र एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई श्रेष्ठ नेतृत्वको एनआरएनएको आग्रह