नेपाली सेनाले गोरखाबाट काठमाडौँसम्म पदयात्रा गर्ने

पोखरा । नेपाली सेनाले गोरखादेखि काठमाडौँसम्म पदयात्रा गर्ने भएको छ । पुस २१ गतेदेखि रिपुमर्दन गणले गोरखा–काठमाडौँ पदयात्रा गर्न लागेको हो ।
अघिल्ला वर्षहरुमा पनि पदयात्रा गर्ने गरिएको थियो । नेपाल एकीकरणको क्रममा प्रयोग भएको गोरखादेखि काठमाडौँसम्मको बाटोमा यात्रा गर्न लागिएको निमित्त गणपति भुवनबहादुर थापा मगरले जानकारी दिए ।
उनका अनुसार अधिकृतको कमान्डमा ३० जनाको टोली पदयात्रामा सहभागी हुनेछन् । पुस २७ गते ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पदयात्रा गर्न लागिएको हो ।
यात्रामा टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्द बहादुर गण र सबुज गणको झन्डा लिएर सेनाको फौज सहभागी हुनेछ । गोरखा दरबारबाट सुरु हुने यात्रा ताप्ले, अश्राङ, बोर्लाङ, घाटवेशी पुग्नेछ ।
उक्त टोलीले टर्च र झन्डा धादिङलाई हस्तान्तरण गर्नेछ भने त्यसपछि धादिङले नुवाकोट र नुवाकोटले २६ गते बेलुका काठमाडौँको टोलीलाई बुझाउने छ ।
टोली पुस २७ गते राष्टिूय एकता दिवसको अवसरमा हुने कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । एकीकरण मार्गको संरक्षण र प्रबद्र्धनका लागि २०७६ सालदेखि नेपाली सेनाले पदयात्रा गर्न थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुकुरको उद्धार गर्दै आएको ’एनिमल रेस्क्यु सेन्टर’ लाई बेलायतबाट सहयोग
-
हेटौँडामा भूगर्भविद्को १० घण्टा : जमिनमुनि मेटल डिटेक्ट, पुरिएको गाडी हुनसक्ने अनुमान
-
गण्डक–घण्टाघर–मितेरी पुल सडक निर्माणमा देखिएका समस्याबारे छलफल
-
बाढीले काठेपुल बगाएपछि आवागमनमा समस्या
-
प्रदीप नेपाल : सुरुङ खनेर नख्खु जेलबाट भागेपछि...
-
कन्सर्ट विवादको लागि सोनु निगमले माफी मागे