राष्ट्रियसभा उम्मेदवारबारे छलफल गर्न शेखर–गगन समूह छलफलमा
काठमाडौँ । नेपाली कांग्रेसका शेखर कोइराला–गगन थापा समूह आन्तरिक रणनीति बनाउन छलफलमा जुटेको छ । आइतबार बिहान सभापति शेरबहादुर देउवासँग छलफलपछि शेखर–गगन समूह आन्तरिक छलफलमाा जुटेको हो । छलफलमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री द्वय बद्री पाण्डे र जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसी सहभागी छन् ।
शेखर–गगन निकट एक नेताका अनुसार देउवासँग छलफलमा सङ्ख्या, मापदण्ड, योगदान लगायतका विषयमा कुराकानी भएको थियो ।
पार्टीले मापदण्ड सभापति देउवा नमान्ने सङ्केत देखाएपछि नेता कोइराला र महामन्त्री थापाले असन्तुष्टि जनाएका थिए । शेखर– गगनले पार्टी भित्रको भागबन्डामा सम्मानजनक हिस्सेदारी हुनुपर्ने अडान राखेका थिए । उनीहरूले आफ्नो समूहले १० सिट मध्ये ४ सिट पाउनुपर्ने माग गरेका थिए । सभापति देउवाले सभापति देउवा दुई सिट मात्र दिने प्रस्ताव उनीहरूले अस्वीकार गरेको बुझिएको छ । नेताहरू आन्तरिक छलफलमा जुटेपछि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक ४ बजेका लागि सारेको छ । कांग्रेसका दुवै पक्ष आन्तरिक छलफलमा रहेकाले चार बजे पनि बैठक बस्ने सम्भावना देखिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण