टर्की एयरलाइन्सका सबै बोइङ ७३७ म्याक्स ९ एस विमान ग्राउन्ड
बुधबार, २५ पुस २०८०, ०९ : ३३
अंकारा । टर्कीको राष्ट्रिय ध्वजावाहक टर्किस एयरलाइन्सले अमेरिकामा भएको घटनापछि आफ्ना सबै बोइङ ७३७ म्याक्स ९ विमानलाई ग्राउन्ड गरेको छ । एयरलाइन्सले आफ्ना सबै पाँच म्याक्स ९ विमानहरूलाई ग्राउण्ड गर्ने निर्णय गरेको हो ।
प्राविधिक अनुसन्धान प्रक्रिया पूरा नभएसम्म विमानहरू ग्राउन्ड हुनेछन् । अलास्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ प्रकारको विमानको आकस्मिक निकासको ढोका शुक्रवार १६ हजार फिट उचाइमा खसेको थियो । जसले ठुलो प्वाल पारेर यात्रुको क्याबिनलाई कम्प्रेस गरेको थियो ।
अमेरिकाको ओरेगन राज्यको पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान उडेको केही समयपछि भएको उक्त घटनाले यात्रुहरूलाई आतङ्कित बनाएको थियो । ओन्टारियो, क्यालिफोर्नियाका लागि गन्तव्यमा रहेको उक्त विमानले पोर्टल्याण्डमा आपत्कालीन अवतरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान तनावले पश्चिम एसिया युद्धविराममा चुनौती
-
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकले थाल्यो अभियान
-
सीमापारको संवेदना : किन रुचाइँदै छ ‘मे वापस आऊंगा’ ?
-
नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह
-
इरानद्वारा अमेरिकी आक्रमणको जवाफी आफमण
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण