‘टाइम आउट’ हुने पहिलो क्रिकेटर एन्जेलो म्याथ्युज करिब तीन वर्षपछि टी–२० टोलीमा
काठमाडौँ । श्रीलंकाका प्रभावशाली अलराउन्डर एन्जेलो म्याथ्युज फेरि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका छन् । ३६ वर्षिय म्याथ्युज करिब तीन वर्षपछि टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न श्रीलंकाली टोलीमा फर्किएका हुन् ।
श्रीलंका क्रिकेट बोर्डले जिम्बाबेविरुद्धको टी–२० शृंखलाका लागि म्याथ्युजलाई टोलीमा फिर्ता बोलाएको हो । टोलीमा अनुभवी ब्याट्सम्यान कुशल परेरा र धनन्जय डा सिल्भालाई पनि स्थान दिइएको छ । चर्चित स्पिनर अकिला धनन्जय, तिब्रगतिका बलर नुवान थुसरा र ब्याटिङ अलराउन्डर कामिन्दु मेन्डिसले पनि टोलीमा स्थान पाएका छन् ।
वानिन्दु हसारंगालाई टोलीको कप्तान बनाइएको छ । उनले टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पहिलो पटक कप्तानको जिम्मेबारी पाएका हुन् । यसका अतिरिक्त निवर्तमान कप्तान दासुन सानकालाई पनि टोलीमा समावेश गरिएको छ । ओपनर अभिसका फर्नान्डो, माथिल्लो क्रमका ब्याट्सम्यान नुवानिदु फर्नान्डो र जनिथ लियाङ्गेलाई भने टोलीमा स्थान दिइएको छैन । यसै वर्ष आयोजना हुने टी–२० विश्वकपको तयारीका लागि श्रीलंकाले जिम्बाबेसँग यो शृंखला खेल्न लागेको हो ।
सन् २०२३ मा भने श्रीलंकाले केवल सातवटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । श्रीलंका र जिम्बाबेबिचको पहिलो खेल जनवरी १४ तारिखमा खेलिने छ । दोस्रो खेल जनवरी १६ र तेस्रो खेल जनवरी १८ मा खेलिने छ । घोषित श्रीलंकाली टोलीमा वानिन्दु हसारंगा (कप्तान), चरिथ असालंका, कुशल मेन्डिस, सदिरा सामराविक्रमा, कुशल परेरा, एन्जेलो म्याथ्युज, दासुन सानका, धनन्जय डा सिल्भा, कामिन्दु मेन्डिस, पाथुम निशानका, महिस थिक्सना, दुसमनथा चामिरा, दिल्सान मदुसानका, माथिसा पाथिराना, नुवान थुसरा र अकिला धनन्जय रहेका छन् ।
एन्जेलो म्याथ्युज एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमै पहिलो पटक ‘टाइम आउट’ हुने खेलाडी हुन् । हालै भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको बंगलादेशविरुद्धको खेलका क्रममा उनी ‘टाइम आउट’ भएका थिए । त्यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याट्सम्यानलाई यस्तो आउट दिइएको थिएन । श्रीलंकाली ब्याट्सम्यान सदिरा सामराविरा आउट भएपछि अर्का ब्याट्सम्यान म्याथ्युजले मैदानभित्र प्रवेश गर्न विलम्ब गरेकाले उनलाई पनि आउट दिइएको हो ।
करिब तीन वर्षपछि टी–२० टोलीमा फर्किएका म्याथ्युजले आफूमाथि उत्कृष्ट प्रदर्शन गरेर देखाउने चुनौती थपिएको बताएका छन् । उनले जिम्बाबेविरुद्धको शृंखलामा उत्कृष्ट प्रदर्शनका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका छन् । यसअघि उनले सन् २०२१ को मार्च ७ तारिखमा वेस्ट इन्डिजविरुद्धको अन्तिम टी–२० प्रतियोगिता खेलेका थिए । उनले देशका लागि हालसम्म एक सय ६ टेस्ट खेल्दै कुल सात हजार तीन सय ६१ रन बनाएका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उनले दुई सय २६ खेल खेल्दै पाँच हजार नौ सय १६ रन जोडेका छन् । उनले देशका लागि ७८ टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल एक हजार एक सय ४८ रन बनाएका छन् । यसका अतिरिक्त उनले टेस्टमा ३३, एकदिवसीयमा एक सय २६ र टी–२० मा ३८ विकेट पनि लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण