तपस्वी बम्जन, अध्यात्म र निष्पक्ष अनुसन्धानको अपेक्षा

करिब १४/१५ वर्षअगाडि झापाबाट हामी ३/४ जना मित्र काठमाडौँ फर्कंदै थियौँ । बाटैमा एक जना व्यक्तिले यहाँको जङ्गलभित्र नयाँ बुद्ध तपस्या गरेर बसेका छन् भनेर सुनाए । त्यसपछि मेरा मित्रहरूको आग्रहमा हामीले गाडी जङ्गलतर्फ मोड्यौँ ! तपस्या स्थलमा पुग्दा हजारौँ व्यक्तिको उपस्थिति देखियो । त्यहाँ तमाङ भाषामा बुद्धमन्त्र उच्चारण गरिहेका थिए । उनीहरूको सुरक्षाका लागि डीएसपीको कमान्डमा ठुलो सुरक्षा घेरा थियो । साथै बौद्ध धर्मसम्बन्धी पुस्तक बिक्री वितरण भइरहका थिए । गुरुको दर्शन गर्ने पनि उत्तिकै थिए ।
हामी त्यस स्थलमा पुगिसकेकाले लिटिल बुद्धलाई भेट्नका लागि व्यवस्थापकसँग कुरा राख्यो । उनीहरूले भेट्न असम्भव रहेको बताए । त्यहाँ धेरै ठुलो अनुशासन र घेरा थियो । धेरै वर्षदेखि म पत्रकारिता क्षेत्रमा जोडिएकाले पत्रकार पनि भएको र ओशोधाराको सिनियर आचार्य भएको जानकारी गराएँ । जसरी पनि भेट्ने भनेर जोड गरेपछि हामीले अनुमति पायौँ ।
हामी पुग्नुभन्दा पहिलो तपस्वी बम्जनको हातबाट वृक्षरोपणको कार्यक्रम रहेछ । त्यसका लागि पत्रकारको खोजी भएको रहेछ । त्यो कुरा आयोजकले हामीलाई सुनाए ।
हामीले भेट्न अनुमति पायौँ । लिटिल बुद्ध तपस्वी रामबहादुर बम्जन निकै अग्लो टेबलमाथि बसेका थिए । बाहिरबाट हेर्दा अति सरल, सहज र शान्त थिए । आँखा बन्द थिए । जुँघाको रेखा हल्का बसेका, रातो वर्णको सुन्दर व्यक्तित्वका जनजातिका छोरो देख्दैमा आकर्षक थिए । हामीले सेतो खादा बोकेका थियौँ । उनको नजिक गएर पालैसँग खादा लगाएर सम्मान प्रकट गर्यौँ । पुलुक्क हेर्दै उनले त्यो खादा हाम्रै गलामा लगाइदिए । त्यहाँ त्यस्तै चलन रहेछ ।
त्यो अद्भुत रमझम, हजारौँको भिडभाड आध्यात्मिक क्षेत्रमा केही हुन्छ कि भन्ने सोच बनाउँदै हामी काठमाडौँ फर्कियौँ ।
त्यसको केही समयपछि उनीमाथि बलात्कार गरेको, मान्छे मारेको जस्ता विभिन्न आरोप लागेका समाचार आउन थाले । त्यो समय उनी लुके जस्तो गर्ने, सरकार खोजे जस्तो गर्ने क्रियाकलाप केही वर्ष चल्यो । मलाई लाग्छ सरकारले मनदेखि चाहेको भए पहिल्यै पनि समात्न सक्थ्यो ।
उनी अपराधी हुन् कि साधुसन्त हुन् भन्ने कुरा निस्पक्ष छानबिन भए पत्ता लाग्ला । तर निस्पक्ष छानबिन हुनेमा सबै मान्छे आश्वस्त भने देखिँदैनन् । तर पनि साधुसन्तको भेषमा अपराध हुँदैन भन्न सकिँदैन । उनी निर्दोष नै हुन् भन्न खोजिएको पनि होइन । तर संसारभरि गुरु र आध्यात्मिक संस्थामाथि नियोजित रूपमा हमला हुने गरेको छ ।
दुनियाँभरिको मिसन अध्यात्म र आध्यात्मिक गुरुहरूलाई सिध्याउनु छ । ओशोलाई बिनाप्रमाण सन् १९८५ मा अमेरिकी रोनाल्ड रेगन सरकारले पक्राउ ग¥यो । उनलाई १२ दिनसम्म हत्कडीसहित फरक फरक छवटा हिरासतमा राखेको थियो । अन्तिममा भगवान् रजनिश निर्दोष हुनुहुन्छ भनेर रिहा पनि ग¥यो । तर हिरासतमा रहँदा थिलियम नामको मन्द विष उनलाई पिलाइदिएको रहेछ । त्यसैको असर परमगुरु ओशोको शरीरमा देखा पर्दै गयो । त्यसको पाँच वर्ष बित्दा नबित्दै १९९० को जनवरी १९ को दिन उहाँले भौतिक शरीर त्याग गर्नु प¥यो ।
यस्ता घटनाको इतिहास खोज्दै जाने हो भने धेरै भेटिन्छन् । तथाकथित राज्य र कट्टरवादी धार्मिक गुरुहरूको निर्देशनमा ठुलो यातनापछि जिससक्राइस्टले क्रसमा झुन्डिनु प¥यो । सुकरात जस्तो दार्शनिक र आध्यात्मिक सन्तले न्यायाधीशहरूको अगाडि अदालतमा विषपान गर्नुप¥यो । महात्मा गान्धी जस्तो ब्रह्मचारी जीर्ण शरीर भइसकेको, राष्ट्रपति प्रधानमन्त्री जस्ता पद त्यागेर आश्रम जीवन बिताएका त्यागी व्यक्तित्वलाई कट्टर हिन्दुवादी भनिएका व्यक्तिहरूकै योजनामा नाथुराम गोड्सेले मौन व्रतकै दिन पारेर छातीमा गोली हानेर सधैँका लागि बिदा गरे । सबै धर्म जातजातिप्रति उत्तिकै सम्मान गर्नु उनको दोष थियो ।
जरसुस्त्र जस्ता सन्त, पन्जाबी सिख परम्पराका गुरु नानकदेवदेखि दस साहिवान गुरुहरूले सिख परम्परा जोगाउन भोग्नुपरेको यातना र सङ्घर्ष अकथनीय छ ।
नेपालमा पनि तथाकथित धर्मगुरु, योगगुरु, पुरेत, पण्डित असली अनुभवजन्य अध्यात्मिक गुरुहरूमाथि अनेकौँ प्रश्न उठाएर झमेला गरेको सुन्न देख्न र अनुभव गर्न सकिन्छ । खास गरी धर्म फैलाउने नाममा पश्चिमा मुलुकको मिचाहा प्रवृत्तिले पनि नेपाल जस्तो कम विकसित तथा गरिब देशका आध्यात्मिक सङ्घ संस्था र धर्मगुरुहरू मारमा पर्ने देखिन्छ ।
हाम्रा गृहमन्त्री अति नै सादगी आध्यात्मिक व्यक्तित्व हुनुहुन्छ । पूर्वशिक्षा तथा विज्ञान प्रविधि तथा स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेल करिब करिब यो क्षेत्रको जानाकार मात्र होइन अभिभावक नै हुनुहुन्छ । साधनाको गहिराइको महसुस नगरी सामान्य स्ट्रेचिङ तथा योग एक्सरसाइजलाई नै साधना मान्नेहरूलाई छोडेर अन्य नेता, मन्त्रीहरू र विभिन्न क्षेत्रका व्यक्तित्वहरूमा आध्यात्मिक चेत छ ।
त्यसैले नयाँ बुद्ध भनिएका रामबहादुर बम्जन नेपाल र मानव जातिका लागि हुर्कंदै गरेको अध्यात्मिक गुरु हुन् कि ? स्वतन्त्र खोज अनुसन्धान हुन आवश्यक छ । आध्यात्मिक भएकै कारण उनलाई सिध्याउन सर्वत्रको सड्यन्त्र कामायबी भएको हो कि ? साँच्चिकै धार्मिक गुरुको आडमा ढोङ गरेर बेइमानी भएको छ ? यो कुराको निस्पक्ष छानबिन होस्, न्याय नमरोस् । नेपाल सरकार र अन्य सरोकारवाला निकायसँग मेरो यही नै अनुरोध छ । सबैको जय होस् । ॐ भवतु सब्ब मङ्गलम । ॐ ।
लेखक ओशोधारा सङ्घ नेपालका राष्ट्रिय संयोजक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा सञ्चालन गर्न विपक्षी कुरिरहेका छन् सभामुख
-
गणेश रसिकलाई नेता र सङ्गीतकर्मीले दिए अन्तिम अन्तिम श्रद्धाञ्जली
-
माओवादी र कांग्रेस–एमालेका प्रमुख सचेतकसँग सभामुखको छलफल
-
पहिलो पटक च्याम्पियन बन्ने धुनमा रहेका बेंगलुरु र पन्जाब आपसमा भिड्दै
-
मङ्गोलियाका प्रधानमन्त्रीले दिए राजीनामा
-
किन बसेन नेकपाको केन्द्रीय समिति बैठक ?