आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विधान संशोधनबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक

शनिबार, २८ पुस २०८०, ०८ : २२
शनिबार, २८ पुस २०८०

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठक आज बिहान ११ बजेदेखि सुरु हुने माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले बताए । 

बैठकमा पार्टीको विधान संशोधनबारे छलफल बैठकको मुख्य एजेन्डा रहेको सापकोटाले बताए । पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमाथि पनि आजको बैठकमा छलफल हुने उनले बताए । 

त्यस्तै, बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा पनि हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप