गायक योगेश वैद्यको निधन

काठमाडौँ । वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ। उनको बिहीबार राति साढे १२ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ। बिहीबार दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको राति भ्याली अस्पताल लैजाने क्रममा वैद्यको निधन भएको हो ।
७७ बर्षका वैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् । ‘सपना भुलाई सारा आँसु लिएर जाऊ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लगायतका उनका थुप्रै गीत लोकप्रिय छन् l वरिष्ठ गायक वैद्यले नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ जस्ता लोकप्रिय गीत गाएका छन् । उनले हालै गंकी वसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्मि सिरपाः’ प्राप्त गरेका थिए।
१२ वर्ष ९ महिनामै एसएलसी गरी त्रिचन्द्र कलेजबाट बीएस्सी डिग्री पाएका उनी रेडियो नेपाल पुगेका थिए।
करिब ३३ वर्ष सरकारी जागिर खाएका वैद्यले ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए। उनको शुक्रबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ। उनका एक छोरा र दुई छोरी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘टेक एन्ड पे’ नीतिले अन्योल, लगानीकर्ताले पीपीएमा हस्ताक्षर गर्न मानेनन्
-
प्रतिनिधिसभा बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित
-
विपक्षीले खोज्यो छानबिन समितिको लिखित प्रतिबद्धता, सत्तापक्ष छलफलमा
-
प्रदेश सांसद सिंहले आफ्नै खातामा जम्मा गराउँथे कमिसन
-
ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन : २०२४ को नेशनल स्टुडेन्ट सर्भेमा लण्डनभर बिजनेस स्टडीतर्फ दोस्रो स्थान
-
मधेश प्रदेशका सांसद सरोजकुमार सिंह अख्तियारको नियन्त्रणमा