बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
कथा

भोटो

शनिबार, ०६ माघ २०८०, १५ : ०२
शनिबार, ०६ माघ २०८०

विरल संयोगले वरपिपल चौतारीमा भेट भयो, फिस्टे किसान र घुमक्कड बाबाको । दिन ढल्न–ढल्न लागेको साँझको बेला, पश्चिम डाँडापारि लुक्न लागेको घामका थकित र मलिन किरणहरूको आभा डाँडाउतातिर आकाशमा झुन्डिएको थियो । फिस्टे किसान बाबुबाजेका पालादेखिका मुखियाको खेत जोतेर घर फर्कंदै थियो, घुमक्कड बाबा आफ्नो घुमघामको नित्य क्रममा त्यहाँ आइपुगेको थियो । दुवैले अञ्जुली थापेर ढुङ्गेधाराको सङ्लो पानी घटघट पिए र खरिएका आँतलाई शीतल हावाले त्राण दिन चौतारीको सियाँलमा बसे ।

‘हँ ! त्यो त साह्रै पुरानो भएछ नि,’ तीक्ष्ण दृष्टिले अवलोकन गरेर किसानको भोटो देखाउँदै घुमक्कड बाबाले भन्यो ।

‘हो, यो भयो,’ किसानले सहज ढङ्गले जवाफ दियो । अनि पराई घुमक्कडले छापामार शैलीमा झम्टा मारेर खोस्ला कि झैँ गरी उसले आफ्नो भोटो अँठ्यायो ।

‘त्यो फुकाऊ र मिल्काऊ,’ व्यङ्ग्य मुद्रामा मसुमुसु हाँस्दै घुमक्कडले भन्यो । अनि झोलाबाट नयाँ कमिज झिकेर देखायो, ‘यी, मसँग यो छ ।’

किसानको अनुहारमा हठात् दुईथरी भावना प्रकट भए— एउटा डरको भावना, अर्को प्रलोभनको भावना ।

‘नाइँ,’ तर्सिएको स्वरमा उसले भन्यो, ‘म यो फाल्दिनँ । तैपनि...’ यसो भन्दै उसले दाहिने हातले थोत्रो भोटो अँठ्यायो र नयाँ कमिज लिने मनसुवाले देब्रे हात लम्कायो ।

‘त्यो जडाउरी भोटो तेरो भ्रमको जडाउरी पन्तुरो हो ।’ यति भनेर यात्री चट्याङसरी गज्र्यो, ‘मूर्ख ! फुका’र फाल् त्यो तेरो खिया लागेको मूर्खता ।’

घुमक्कडले दिगमिग भरिएका आँखाले किसानको भोटो हे¥यो र जोडले नाक अँठ्यायो । ‘बाबु, भन त तिमीलाई त्यो गन्हाउँदैन ?’

‘धत्, कुरा पनि ! यो मलाई काँ गन्हाउँछ ?’

‘तर भाइ, मलाई त त्यो ह्वास्सै गन्हायो ।’

किसानको भोटो छन पनि हरिबिजोककै थियो । फाटेर चिराचिरा परेको, मयलका माम्री जमेको, जुम्राका ढाडी बाहिरै रगरग हिँडिरहेका देखिने । उसो त त्यो भोटो पनि आजको कहाँ हो र ? त्यो थियो खासमा उहिल्यै जिजु–बाजेका पालाको ।

‘हो,’ सही थाप्दै किसानले भन्यो, ‘यो खसोखास जिजु–बाजेका पालाको हो । यसले मेरा जिजुको आङ ढाक्यो, अनि बाजेको आङ ढाक्यो । त्यसपछि मेरा बाको आङ, अनि अहिले मेरो, अनि मेरो शेखपछि... ।’

‘त्यो त साह्रै पुरानो भएछ, भाइ ।’

‘अँ त नि, यो भयो ।’

‘महादेवले सोधेछन्— ए सुँगुर ! तँ स्वर्ग जान्छस् ?’ प्रचण्ड घृणाले अनुहार विकृत पार्दै घुमक्कडले एउटा प्रचलित किस्सा सुनायो । ‘सुँगुरको पालो भनेछ— जान्नँ प्रभु ! मलाई यो नर्कै प्यारो छ । बुझिस्, गोबर ? तँ त्यही सुँगुर होस् ।’

‘त्यसैले त म भन्दै छु, त्यो फुकाऊ र मिल्काऊ । अनि यो...’ घुमक्कडले नयाँ, सुकिलो र सुन्दर कमिज माथि उठायो । हावाका चञ्चल तरङ्गहरूको तालमा कमिज बडो रहरलाग्दो गरी फिर्फिर हल्लियोे ।

फेरि पनि एक हातले भोटो अँठ्याएर अर्को हात लम्काउँदै किसानले भन्यो, ‘नाइँ, नाइँ, यो मेरा पुर्खाले मलाई छाडी गएको चिनो हो । मायाको चिनो, श्रद्धाको चिनो, संस्कारको शृङ्खलामा उनिएर आएको अनमोल चिनो ।’

‘तुत्, त्यो फुकाऊ र मिल्काऊ,’ अलि कठोर स्वरमा घुमक्कडले वचन दोहो¥यायो । अनि किल्किलेसम्म हुलुक्क आइसकेको वमनको फोहोरा रोक्न बल गरेझैँ गरी उसले झन् जोडले नाक अँठ्यायो ।

‘नाइँ, नाइँ ! मैले पुर्खाको बिँडो थाम्नु छ,’ भोटोबाट रजनीगन्धाको बास्ना सुँघेझैँ गरी किसानले भन्यो । ‘यो मेरो आस्थाको चिनो हो । यो मेरो आशाको त्यान्द्रो हो । यो मेरो धर्मको निसानी हो । अनि यो मेरो कर्मको फल, मेरो संस्कारको मुहान, यो योऽऽ मेरो... ।’

‘त्यो सब झूट हो, त्यो सब भ्रम हो,’ स्वर उचालेर घुमक्कडले कटाक्ष ग¥यो । ‘सुन् बाबु, यो सब तेरो चारपुस्ते मूर्खताको दसी हो ।’

‘मान्छे त जब्बरजस्तो पो छ बा ।’ छक्क पर्दै किसान मलिनो स्वरमा झन्डै आफैँले मात्र सुन्ने गरी फतफतायो । अनि स्वरमा अभिमानको थोरै पाइन भरेर उसले कान थाप्ने शैलीमा भन्यो, ‘खुब बाठो भ’र कुरा गरिस् नि । भन् त, आँखिर तँ को होस् ?’

‘म एक साधारण मानिस हुँ । जगत्को उल्टो रीत हेर्दै चराचर जगत्मा घुमिरहने एक अविरल यात्री ।’

‘हँ ! तँ त खुब जान्ने हुन खोज्दो रछ’स् नि ।’ 

‘म धेरै कुरा जान्दिनँ भाइ । तैपनि एउटा कुरा भने मलाई यकिन थाहा छ ।’

नाङ्गो, रगतपिच्छे आङ लिएर घुमक्कड बाबाका झिरजस्ता वचन सम्झिँदै नयाँ लुगा खोज्न ऊ अविदित बाटोतिर लाग्यो— पहिले सुस्तसुस्त, अनि क्रमशः छिटो, छिटो, छिटो, एकदम छिटो ।  

‘के ?’

‘त्यो जडाउरी भोटो तेरो भ्रमको जडाउरी पन्तुरो हो ।’ यति भनेर यात्री चट्याङसरी गज्र्यो, ‘मूर्ख ! फुका’र फाल् त्यो तेरो खिया लागेको मूर्खता ।’

सुस्तसुुस्त चलिरहेको हावामा सुकिलो, मुलायम, चमकदार कमिज फिर्फिर–फिर्फिर हल्लियोे । किसानले एक हातले भोटो अँठ्याएको अँठ्यायै अर्को हात लम्कायो । उसको एउटा हात त्रासले कामिरहेको थियो, अर्को हात लोभले व्याकुल भएको थियो ।

‘जा, सनक्क नुहा । अनि त्यो फाल् र यो लगा ।’

किसान कर्तव्यपरायाण चेलोझैँ तल धारामा खुत्रुक्क ओल्र्योे । उसले छेवैको चिल्लो ढुङ्गो सनक्क पखाल्योे र बडो मायालु आमाले कलिलो सन्तानलाई ममतामयी भावले जतनले राखेझैँ भोटो थपक्क त्यहाँ राख्यो । भोटोमा एक टकले हेर्दै उसले जिउ हत्तपत्त भिजायो र मानौँ कतै अपल पो भइहाल्ला कि भन्ने भयले उसले भोटो बिजुलीको चालमा फेरि लगाइहाल्यो ।

‘पैले त्यो फाल् अनि यो लाउलास्,’ नाक चेप्य्राउँदै घुमक्कडले उही अडान दोहो¥यायो ।

‘बाबा ! म त्यो यसैमाथि लगाउन पाऊँ,’ लोभी हात पसारेको पसा¥यै किसानले करुण भाकामा पुकारा ग¥यो ।

नयाँ कमिज हावामा तुन्द्रुङ्ग झुन्डेको छ । हावाका सुस्त तरङ्गहरूसँगै त्यो बडो मनमुग्धकारी तालले सुस्तसुस्त नाचिरहेछ । त्रसित किसान हात उता बढाउने आँट गर्न सक्दैन । तिर्खालु भए ठाउँमा धाइधाईकन खोलो आफैँ आउने होइन । 

‘न, न, म यसैमाथि खप्ट्या’र लाउँछु, बाबा ! मेरो शेखपछि मेरा छोराले यो लाओस् भन्ने मेरो कत्रो धोको छ !’

‘तँ मूर्ख होस् । सिनोमा सुगन्ध हुन्छ भन्ठान्ने तँ जबरस्वाँठ होस् ।’

घुमक्कड बाबाका आँखामा हठात् आगोजस्तो केही चिज दनदनी बल्न थाल्योे । उसले झम्टेर आफ्नो परम् प्रिय भोटो धुजाधुजा पो पार्ला कि भन्ने भयले भित्रभित्रै काम्दै किसानले आफ्ना गँगटे हातले भोटो बेस्मारी अँठ्यायो । हुन पनि उसको भोटो उसको संस्कारबाट मरिगए नछुट्टिने अमूल्य जिनिस थियो । भोटो उसको जिन्दगीको मूल रूपजस्तो थियो र ऊ थियो केवल भोटोको लाचार छायाँजस्तो । बिहामा उसले गतिलै दौरा–सुरुवाल लगाएको हो । तर जग्गेमा बस्दाखेरि पनि उसको सुकिलो दौराभित्र मयल माम्री परेको त्यो भोटो उसको छालामा किर्नोसरी टाँसिएकै थियो । ऊ दसैँपिच्छे औकात अनुसारका एक जोर नयाँ लुगा हाल्थ्यो । तर नयाँ लुगामुनि त्यो भोटो एकरत्ती डेग नचलीकन टाँसिएको टाँसियै रहिरह्यो । मिच्दा, निचोर्दा, झट्कार्दा फाट्ला भनेर उसले त्यो भोटो कहिल्यै धोएन । सिँगौरामा झुन्ड्याउँदा हराई पो हाल्ला कि भनेर उसले सुत्दा पनि त्यो भोटो कहिल्यै फुकाएन । त्यत्रो प्रेमले, त्यत्रो हिफाजतले, त्यत्रो मोहले त्यसरी जोगाइराखेको भोटो फुकाएर अहिले उसले कसरी मिल्काउनु !

‘नाइँ, नाइँ,’ जिद्दी गर्दै उसले भन्यो, ‘यो पुर्खाको बिँडो थाम्ने नासो हो । गए बरु मेरो ज्यानै जाला, म यो फाल्दिनँ ।

मिच्दा, निचोर्दा, झट्कार्दा फाट्ला भनेर उसले त्यो भोटो कहिल्यै धोएन । सिँगौरामा झुन्ड्याउँदा हराई पो हाल्ला कि भनेर उसले सुत्दा पनि त्यो भोटो कहिल्यै फुकाएन । त्यत्रो प्रेमले, त्यत्रो हिफाजतले, त्यत्रो मोहले त्यसरी जोगाइराखेको भोटो फुकाएर अहिले कसरी मिल्काउनु !

‘उसो भए मूर्ख, तँ नयाँ कमिज नलाउने भइस्, हैन त ?’

‘बाबा ! म लाउँछु, यसैमाथि खप्ट्या’र लाउँछु ।’ किसानले एक हातले भोटो अँठ्याएको अँठ्यायै अर्को हात अघि सोरेर कमिज छुनछुन खोज्यो ।

‘महादेवले सोधेछन्— ए सुँगुर ! तँ स्वर्ग जान्छस् ?’ प्रचण्ड घृणाले अनुहार विकृत पार्दै घुमक्कडले एउटा प्रचलित किस्सा सुनायो । ‘सुँगुरको पालो भनेछ— जान्नँ प्रभु ! मलाई यो नर्कै प्यारो छ । बुझिस्, गोबर ? तँ त्यही सुँगुर होस् ।’ यति भनेर घुमक्कड बाबाले किसानलाई गर्धने लगाएर चित् ख्वायो अनि पछि फर्किंदै नफर्कीकन आँधीको चालमा उसले आफ्नो बाटो ततायो । 

यता पाहाझैँ भुइँमा पछारिएको किसान हेरेको हे¥यै भयो ।

पछि, धेरैपछि त्यस भोटोधारी किसानको छिमेकी मुखियासँग भयङ्कर भिडन्त प¥यो । किसानको मुखियाका लगौँटी जत्रो बारी थियो । बारीका पाटाको साँध मुखियाको अजङ्गको बारीसँग जोडिएको थियो । मुखियाले उसका पाटाका साँधको एक बित्ताजति माटो मिचेछ । अनि प¥यो तिनको घोरघमासान लगड्याम । मुखिया भीमसेनसरी ठूलो र बलियो थियो । किसान थियो जिउको फिस्टे र बलको ख्याउटे । भीमसेनले फिस्टेलाई जुरुक्क उचालेर घ्याच्च थचा¥यो । अनि उसले किसानको डँडेल्नोमा लोहोराजस्ता मुड्की बेस्सरी बजा¥यो । अनि नङ्ग्रा र दाँतले झम्टेर र चिथोरेर उसले उसको भोटो धुजाधुजा पा¥यो । हारेर हिलामा मिल्किएको फिस्टे पीडाले तड्पिँदै उठ्यो । दुखाइ मत्थर भएपछि आतङ्कित मुद्रामा हेर्दा त ऊ के देख्छ ? मेरी आमा ! उसका आँखाको नानीसरी प्यारो चिज अब केही बाँकी छैन । डोरीमा टाँगेका धजाझैँ भोटाका त्यान्द्रा उसको जिउबाट झुन्डिएका छन्— अगाडि पनि, पछाडि पनि, ओल्टोमा पनि, कोल्टोमा पनि धजैधजा तुन्द्रुङ्ग छन् ।

उही वर–पिपल चौतारीमा बसेर टनाटन आँसु भरिएका विक्षिप्त दृष्टिले उसले भोटो हे¥यो— हे भगवान् ! आज भोटो सर्वनाश भो ! र उसको सत् र संस्कार, कर्तव्य र धर्म सबै त्यसैसँग नाश भए ! यसो हेर्छ, टाल्ने–तुन्ने ठाउँ कतै बाँकी छैन । धुजाधुजा भएका धजा रगतपिच्छे भएका छन् । फिस्टेका चारवटा सन्तान भोक र बिस्याहारले मरेका थिए । आखिर बाबुको मन न हो, सन्तान मर्दा ऊ बलिन्द्र धारा आँसु बगाउँदै डाको छाडेर रोएको थियो । तर ती चारैवटा सन्तान मर्दाखेरिको पीडा र वेदना चित्तमा एकमुष्ठ कुँडुलो परेर उर्लिंदा जति ताप र औडाहा हुन्छ, उसलाई अहिले त्योभन्दा कता हो कता धेरै ताप र औडाहा भयो । सत्यानाश भो ! सब सकियो ! पुर्खाको बिँडो थाम्ने अनमोलको भोटो अब इतिश्री भो ! 

फिस्टेले दुई हातले भोटो आँखासामु उचालेर बेचैन नजरले ट्वाँ परेर हे¥यो । मानौँ धुजाधुजा भएको त्यो भोटो एउटा ऐना हो र ऊ त्यस ऐनामा आफ्नो आत्माको सत् डगेको नालायक स्वरूप हेरिरहेछ । हेर्दाहेर्दै भोटो उसका थर्थर कामिरहेका हातबाट भुइँमा खस्यो । अनि उसका शोकाकुल आँखाबाट आँसुका थोपा जडाउरी भोटामा तप्पतप्प खसे ।

निकैबेर उदास र हतास भएर एक टकले भोटातिर टोलाएपछि मरेको मुख लाएर ऊ एकदमै सुस्त चालले उठ्यो । अनि भोटाको अन्तिम दर्शन गर्दै उसले लामो, हैरानीमय सुस्केरा हाल्यो । र, नाङ्गो, रगतपिच्छे आङ लिएर घुमक्कड बाबाका झिरजस्ता वचन सम्झिँदै नयाँ लुगा खोज्न ऊ अविदित बाटोतिर लाग्यो— पहिले सुस्तसुस्त, अनि क्रमशः छिटो, छिटो, छिटो, एकदम छिटो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप