आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

फर्केर हेर्दा २०७४ को राजनीति

शुक्रबार, ३० चैत २०७४, ०९ : ००
शुक्रबार, ३० चैत २०७४

नेपालको राजनीतिमा २०७४ ऐतिहासिक रह्यो । नेपालको राजनीतिमा धेरै उथलपुथल भए तर ती सबै शान्तिपूर्ण रूपमा भए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण 

वैशाख ४ गते नेपालका राष्ट्रपति पाँच दिने भारत भ्रमणमा गइन् । नाकाबन्दीपछि नेपाल भारत सम्बन्धमा आएको तिक्तताकै बीच देखिन्छ । भारतका राष्ट्रपति प्रणव मुखर्जीले औपचारिक निमन्त्रणा दिएका थिए । मुखर्जीले अघिल्लो वर्ष कात्तिक १७ गतेदेखि १९ गतेसम्म नेपालको भ्रमण गरेका थिए ।

वैशाख ६ गते

निर्वाचन आयोगद्वारा ७५ वटै जिल्लाका मतपत्रको नमुना सार्वजनिक गरेको थियो । संविधान सभाबाट संविधान जारी भएपछि पनि चुनाव हुन्छ कि हँुदैन भन्ने अड्कलबाजी भइरहँदा आयोगद्वारा नमुना मतपत्र सार्वजनिक गरेपछि निर्वाचन हुनेमा धेरै मानिस ढुक्क भएका थिए ।

वैशाख १७
प्रधानन्याधीश सुशीला कार्कीविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएको थियो । काँग्रेसका सांसद मिनबहादुर विश्वकर्माको प्रस्ताव र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतको समर्थनमा व्यवस्थापिका संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

वैशाख २२ गते

सर्वोच्च अदालतको आदेशपछि महाअभियोग लागेकी सुशीला कार्की  काममा फिर्ता भएकी थिइन् ।

वैशाख ३० गते

करिब करिब दुई दशकपछि प्रदेश नं. ३, ४ र ६ का ३४  जिल्लाका २ सय ८३ स्थानीय तहमा पहिलो चरणको निर्वाचन भयो । पहिलो चरणको निर्वाचनमा १३ हजार ५ सय ५६ पदाधिकारी निर्वाचित भए । पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको थियो ।

जेठ १० गते

प्रधानमन्त्री प्रचण्डद्वारा पदबाट राजीनामा दिए । उनले देश र राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिएका थिए । नेपाली काँग्रेससँगको पूर्वसहमति अनुसार पदबाट राजीनामा दिएका थिए ।
राजीनामा गर्दै सम्बोधनमा पहिलो चरणको निर्वाचन सम्पन्न गरेको, उपत्यकामा लोडसेडिङ हटाएको, लगानी सम्मेलन गरेको, आर्थिक वृद्धिदर भएको पुनःनिमार्णको काममा सफल भएको बताएका थिए । उनी देशको ३९औं प्रधानमन्त्रीको रूपमा दोस्रो पटक २०७३ साउन १९ गते प्रधानमन्त्री भएका थिए ।

जेठ २० गते

निर्वाचन आयोगद्वारा भरतपुर महानगरपालिकाको वडा नं १९ को मतदान पुनः गराउने निर्णय ।

असार ४ गते

स्थानीयतहको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता । ३५ जिल्लाका ३ सय ५४ स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी ।

असार १४

मध्य वर्षातमा दोस्रो तहको स्थानीय तहको निर्वाचन भएको थियो । प्रदेश नं १, ५ र ७ का ३५ जिल्लामा निर्वाचन भएको थियो । दोस्रो चरणको निर्वाचनमा ७०.५ प्रतिशत मतदान भएको थियो । यो निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित भएका थिए ।

साउन १५ गते

सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको १९ नं. वडामा पुनः मतदान गर्न आदेश भयो । करिब दुई महिनापछि न्यायाधीशहरू ओमप्रकाश मिश्र र पुरुषेत्ताम भण्डारीको संयुक्त इजलासले मतपत्र च्यातिएको वडा नं १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय सदर ग¥यो ।

असोज २ गते

स्थानीय निकायको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ मा निर्वाचन सम्मपन्न भयो । यो निर्वाचनमा ७२.६ प्रतिशत मतदान भएको आयोगद्वारा घोषणा ।

असोज १७ गते

नेकपा एमाले र नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल गर्दै वाम एकता गर्ने घोषणा । घोषणापत्र साझा बनाएर जाने र प्रदेश र सङ्घका लागि उम्मेदवार साझा उठाउने घोषणासहित ६ बुँदे सहमति घोषणा गरे ।

सहमति पत्रमा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले हस्ताक्षर गरेका थिए । उक्त घोषणा राष्ट्रिय सभागृहमा संयुक्त पत्रकार सम्मेलन गरेर घोषणा गरेका थिए ।

कात्तिक १४ गते

द्वन्द्वकालीन हत्याका मुद्दामा सर्वोच्चो अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेल आठ वर्षपछि सातदोबाटोबाट सीआइबीले पक्राउ गरेको थियो । पक्राउलगतै ढुङ्गेललाई जिल्ला अदालत काठमाडौँमा हाजिर गराएको थियो । त्यसपछि उनलाई डिल्लीबजारस्थिति कारागारमा जेल चलान गरेको थियो ।

मङ्सिर ३ गते

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहलको निधन । मङ्सिर ३ गते बिहान करिब साढे पाँच बजे हृयदयाघात भएर उनलाई काठमाडौंस्थित नर्भिक अस्पताल पु¥याएको थियो । अस्पतालले केही समयपछि मृत घोषणा गरेको थियो । त्यो दिन अध्यक्ष प्रचण्ड भने ओलीको निर्वाचन क्षेत्रमा चुनावी आमसभालाई सम्बोधन गर्न झापामा थिए । ह्यदयाघात भएको खबर पाएपछि ४ गते बिहानै झापाबाट हेलिकप्टरमार्फत काठमाडांै आएका थिए । दाहलको त्यही दिन पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।

मङ्सिर १० गते

पहिलो चरणको प्रतिनिधि र प्रदेश सभाको निर्वाचन भयो । पहिलो चरणको निर्वाचन ३२ जिल्लामा भएको थियो । पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाहरूमा निर्वाचन भएको थियो ।

मङ्सिर २१ गते

प्रतिनिधि तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचन सम्पन्न भयो । प्रदेश नं. १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरीमा निर्वाचन भयो ।

माघ ३ गते

सरकारले ७ वटै प्रदेशका अस्थायी प्रदेशका केन्द्र तोक्यो । त्यही दिन प्रदेश प्रमुख पनि तोकिए ।

१ नं. प्रदेशमा प्रमुख गोविन्द सुब्बा, २ नं. प्रदेशमा रत्नेश्वरलाल कायस्थ, ३ नं प्रदेशमा अनुराधा कोइराला, प्रदेश नं. ४ मा बाबुराम कुँवर, प्रदेश नं. ५ मा उमाकान्त झा, प्रदेश नं. ६ मा दुर्गाकेशर खनाल र प्रदेश नं. ७ मा मोहनराज मल्ल । अस्थायी राजधानीमा प्रदेश नं. १ को विराटनग, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को सुर्खेत, ६ को बुटवल र ७ को कैलाली ।

माघ २८ गते
नेकपा एमालेको तर्फबाट प्रदेश नं. ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त भए । मुख्यमन्त्री हुनेमा पौडेल पहिलो व्यक्ति हुन् ।

फागुन ३ गते
नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । २७५ सदस्य रहेको प्रतिनिधि सभामा एमालेका १२१ र माओवादी केन्द्रका ५३ सदस्य छन् ।  

फागुन ७ गते
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच ७ बुँदे सहमति भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा राति अबेर भएको सहमतिमा दुवै पार्टीका अध्यक्षहरूले हस्ताक्षर गरेका छन् ।

फागुन २३ गते
राष्ट्रपति उम्मेदवारका लागि विद्यादेवी भण्डारीले उम्मेदवारी दर्ता गराइन् । नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा भण्डारीले उम्मेदारी दर्ता गराएकी हुन् । 

फागुन २९ गते
राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि विद्यादेवी भण्डारी निर्वाचित । भण्डारीले ३९ हजार २ सय ७५ मतभार पाएकी थिइन् ।

चैत ३ गते
उपराष्ट्रपतिको उम्मेदवारका लागि नन्दबहादुर पुनद्वारा उम्मेदवारी दर्ता । पुन विरुद्धमा अर्को उम्मेदवारी नपरेकाले पुन निर्विरोध निर्वाचित भएका थिए ।

चैत १५ गते
राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गरेकी थिइन् । 

चैत २३ गते
नेपालका प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गए । उनी ५४ सदस्यी नेपाली टोलीको नेतृत्व गर्दै भारतको तीनदिने भ्रमणमा गएका थिए । भ्रमणमा भारतका प्रधानमन्त्रीसँग वान टु वान वार्ता गरेका थिए ।  नयाँ कुनै सम्झौता नगर्ने पुराना सम्झौताको कार्यान्वयनमा जोड दिने भन्दै भ्रमणमा गएका ओलीले नयाँ कुनै सम्झौता गरेनन् ।

ओलीले भ्रमणका क्रममा पुराना योजनाहरूको कार्यान्वयनमा जोड दिएका थिए ।

भ्रमणमा दुवै देशका प्रधामन्त्रीले १२ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
 

चैत २५
प्रधानमन्त्री केपी ओली स्वदेश फिर्ता भए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणबारे धेरै केही बोल्नु नपर्ने तस्बिर आफै बोलेको प्रतिक्रिया दिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप