सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भिजिट भिसामा विदेश जान लागेका ८४ जना विमानस्थलबाट फिर्ता

मङ्गलबार, ०९ माघ २०८०, १५ : ५५
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । भिजिट भिसामा विदेश जान लागेका ८४ जनालाई अध्यागमन कार्यालयले विमानस्थलबाट फिर्ता गरेको छ । पछिल्लो २४ घण्टामा ८४ जनालाई फिर्ता पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले रातोपाटीलाई बताए ।

भिजिटको उद्देश्य पुरा नभएका र कागजात नपुगेका यात्रुलाई विदेश जानबाट रोक लगाइएको अध्यागमन कार्यालयका प्रमुख हमालले जानकारी दिए । उनीहरू कतार, दुबई र बहराइन जान लागेका हुन् ।

भिजिट भिसालाई दुरुपयोग गरेर विदेश पठाउने र विदेशमा यात्रु बिचल्लीमा पर्न थालेपछि अध्यागमन विभागले कडाइ गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप