आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा वर्षा सक्रिय हुन अझै केही दिन लाग्ने

बुधबार, १० माघ २०८०, ११ : २१
बुधबार, १० माघ २०८०

काठमाडौँ । केही दिनदेखि काठमाडौँमा बिहानीपख हुस्सु र तुवाँलो लाग्दै आएको छ । आंशिक रूपमा आकाशमा बादलले ढाक्ने र अझै तुवाँलो बढ्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण उच्च हिमाली भागमा हिमपात परेको महाशाखाले जनाएको छ । काठमाडौँको हकमा भने अब दैनिक रूपमा आकाशमा बादलले ढाक्ने र तुवाँलो बढ्ने महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन् । उनका अनुसार पानी नपरेकै कारण वायुमण्डलको तुवाँलोमा प्रदूषणका कणहरू बसेका छन् ।

काठमाडौँमा पानी पर्न अझै केही समय कुर्नुपर्ने जानकारी कँडेलले दिइन् । अहिले काठमाडौँको भिजिबिलिटी २५ सय मिटर मात्र रहेको महाशाखाले जनाएको छ । ‘ काठमाडौँमा पानी पर्ने वातावरण अझै बनेको छैन, नजिकका अग्ला पहाडमा छिटपुट वर्षा हुनसक्छ,’ कँडेलले रातोपाटीसँग भनिन्, ‘आकाशमा बादल हुँदा हुस्सु कुहिरो हट्न समय लाग्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप