काठमाडौँमा वर्षा सक्रिय हुन अझै केही दिन लाग्ने
काठमाडौँ । केही दिनदेखि काठमाडौँमा बिहानीपख हुस्सु र तुवाँलो लाग्दै आएको छ । आंशिक रूपमा आकाशमा बादलले ढाक्ने र अझै तुवाँलो बढ्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण उच्च हिमाली भागमा हिमपात परेको महाशाखाले जनाएको छ । काठमाडौँको हकमा भने अब दैनिक रूपमा आकाशमा बादलले ढाक्ने र तुवाँलो बढ्ने महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन् । उनका अनुसार पानी नपरेकै कारण वायुमण्डलको तुवाँलोमा प्रदूषणका कणहरू बसेका छन् ।
काठमाडौँमा पानी पर्न अझै केही समय कुर्नुपर्ने जानकारी कँडेलले दिइन् । अहिले काठमाडौँको भिजिबिलिटी २५ सय मिटर मात्र रहेको महाशाखाले जनाएको छ । ‘ काठमाडौँमा पानी पर्ने वातावरण अझै बनेको छैन, नजिकका अग्ला पहाडमा छिटपुट वर्षा हुनसक्छ,’ कँडेलले रातोपाटीसँग भनिन्, ‘आकाशमा बादल हुँदा हुस्सु कुहिरो हट्न समय लाग्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण