शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीको प्रवास संगठन पश्चिम एसिया मञ्चहरूको अधिवेशन हुँदै

मङ्गलबार, १६ माघ २०८०, १५ : १६
मङ्गलबार, १६ माघ २०८०

काठमाडौँ ।  नेकपा माओवादी केन्द्र  निकट प्रवास संगठन पश्चिम एसियाले नेपाली जन प्रगतिशील मञ्च राष्ट्रिय कमिटीहरूको अधिवेशन यही अप्रिल महिनाभित्र सम्पन्न गर्ने भएको छ । 

जसअनुसार कतारमा १ मार्च , युएईमा ३ मार्च , बहराइनमा ८ मार्च र साउदी अरबमा अप्रिल १२ मा अधिवेशन सम्पन्न गर्ने गरी मिति घोषणा गरिएको छ । 

ओमन, कुवेत र इजरायलमा पनि क्रमशः अधिवेशनको मिति तय हुने माओवादी केन्द्र पार्टी प्रवास समन्वय समितिका नेता तथा पश्चिम एसिया संयोजक शनि कुमार ओलीले जानकारी दिए  । उनका अनुसार घर घरमा माओवादी जन जनमा माओवादी भन्ने मुख्य नारा बोकेर नेपालमा जस्तै पार्टीले प्रवासमा पनि आन्तरिक रूपमा अभियान सञ्चालन गरेको थियो  । उक्त अभियान अवधिभर प्रवासमा रहेको पार्टी निकट कार्यकर्ता शुभचिन्तक, समर्थकहरूको अभिलेख राख्ने र संगठित गर्ने कार्य चार महिने अभियान समापन पछि सबै देशका मञ्चहरू राष्ट्रिय अधिवेशनमा जुटेको उनले बताए । 

पश्चिम एसियाका मञ्चहरूको अधिवेशन मार्च महिनाभित्र सम्पन्न गरी सक्ने लक्ष्य भए पनि केन्द्र पार्टीले विधान  महाधिवेशन आह्वान गरेकाको त्यसमा पश्चिम एसियाका नेता  कार्यकर्ताहरू समेत सहभागी हुन नेपाल जानुपर्ने भएकोले एक महिना पछि धकेलिएको जनाइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप