इरानसँग युद्ध चाहेका छैनौँ : अमेरिका
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले इरानसँग युद्ध नगर्ने बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले इरान समर्थित मिलिसियाहरूलाई जिम्मेवार ठहराएको ड्रोन आक्रमणमा मध्यपूर्वमा तीन अमेरिकी सैनिक मारिएपछि सो प्रतिक्रिया दिएको हो ।
अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्मा रणनीतिक सञ्चारका लागि संयोजक जोन किर्बीले अमेरिकाले इरानसँग युद्ध नखोजेको बताए । उनले सैनिक मृत्यु प्रकरण निन्दनीय रहेको भन्दै अब पुनः गल्ती नगर्न आग्रह गरे । बाइडेनले संयुक्त राज्यले आक्रमणका जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । किर्बीको टिप्पणीपछि विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफूहरुले द्वन्द्वलाई फैलिनबाट रोक्न चाहेको बताए । आफूहरु द्वन्द्व फैलिनबाट रोक्ने काम गरिरहेको बताए ।
सिरियासँगको सीमा नजिकै उत्तरपूर्वी जोर्डनमा तैनाथ अमेरिकी सेनालाई लक्षित गरी शनिवार राति भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु हुनुका साथै अन्य ४० जनाभन्दा बढी घाइते भएको पेन्टागनका उपसचिव सबरीना सिंहले बताइन् । पेन्टागनले सोमवार मारिएका तीन सैनिकको पहिचान गरेको छ । ती सबै अमेरिकी सेनाको रिजर्भ इकाईका सदस्य थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण