शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

होटल अकामाले अमेरिकी ब्राण्ड ‘रमदा’ को फ्रेन्चआइज लिने

२.५ अर्ब लगानी रहेको होटलले आईपीओ जारी गर्ने
बुधबार, १७ माघ २०८०, १७ : २६
बुधबार, १७ माघ २०८०

काठमाडौँ । काठमाडौँको धुम्बाराहीमा विगत ४ वर्षदेखि सञ्चालनमा रहेको तारे होटल अकामाले प्रसिद्ध अमेरिकी ब्राण्ड रमदाको फ्रेन्चआइज लिने भएको छ । होटलको सम्पूर्ण म्यानेजमेन्टसहित ब्राण्डका लागि कम्पनीले बुधबार अन्तर्राष्ट्रिय प्रतिष्ठित चेन होटल रमदा वाई वाइनहेमसँग व्यावसायिक सम्झौता गर्ने भएको हो । 

होटल तथा रिसोर्टको क्षेत्रमा चेन होटलको रुपमा निकै प्रतिष्ठित ब्राण्ड रमदा १२० भन्दा बढी देशमा पुगिसकेको छ । सोही ब्राण्डसँग अनुबन्धन हुँदै होटल अकामाले पनि व्यावसायिक साझेदारी गर्ने भएको हो । 

hotel Akama4

सानिमा ग्रुपबाट सञ्चालित होटल अकामा सन् २०१९ फेब्रुअरीबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो । सुरुमा चार तारे होटलको रुपमा सञ्चालित होटल २०८० मंसिर २९ गते मात्र पाँचतारे होटलमा स्तरउन्नती भएको हो । थप म्यानेजमेन्टसहितको विश्वस्तरिय ब्राण्ड ‘रमदा वाई वाइनहेम’ को सहयोगले होटलको व्यावसायिक तथा ख्याती उच्च हुने सानिमा ग्रुपले विश्वास व्यक्त गरेको छ । 

रमदासँगको साझेदारीले होटलको स्तरउन्नतीसँगै नेपालको पर्यटन, होटल तथा हस्पिट्यालिटी क्षेत्रमै थप योगदान पुग्न गई पर्यटन प्रवद्धनमा महत्त्वपूर्ण टेवा पुग्ने र विश्व बजारमा नेपालको प्रचारप्रसारमा समेत मद्दत पुग्ने कम्पनीको विश्वास छ।

९ रोपनी क्षेत्रफलमा फैलिएको होटल अकामा सुपेरीयर–९५, डिलक्स ६, डिलक्स स्विट ४, फेमिलि स्विट २, प्रेसिडेन्टल स्विट १ गरी जम्मा १०८ कोठाहरु रहेका छन् । जसमा २०० बेड रहेका छन् । 

hotel Akama5

न्यूनतम २० देखी ६५० जनासम्म कभर गर्ने विभिन्न किसिमका ५ वटा हलहरु रहनुकासाथै होटलमा स्पेशल रेष्टुरेष्टसहित तिन वटा रेष्टुरेण्टहरु छन् । 

आउटडोर स्वमिङ्ग पुन, जिम, स्टिम, साउना, ज्याकुजी र स्पा होटलमा उपलब्ध छन् । होटलमा हाल १३० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् । 

होटसमा दुई तले बेसमेन्ट सहितको पर्याप्त पार्किङ सुविधा समेत रहेको छ। त्रिभुवन इन्टरनेशनल एयरपोर्ट, पशुपतीनाथ, बौद्ध स्तुपा, बुढानिलकण्ठ मन्दिर दरबार स्क्वायर स्वयम्भूनाथ स्तुपा तथा ठमेल लगायतका प्रमुख पर्यटकीय गन्तब्य स्थलहरुको मध्यभागमा रहेको यो होटल रिङ रोडको मध्य भागमा अवस्थित छ ।

करिब २ अर्ब ५ करोड लागत रहेको होटल अकामाले निकट भविष्यमा नै सर्वसाधारण जनतामा प्राथमिक सेयर (आईपीओ) समेत जारी गर्ने तयारी गरेको छ ।

hotel Akama3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप