आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
फोटो

बढ्दो सहरीकरण, घट्दो तोरीको उत्पादन (फोटोफिचर)

बिहीबार, १८ माघ २०८०, १२ : ११
बिहीबार, १८ माघ २०८०

काठमाडौँ ।  तोरीको तेलको लागि निकै ख्याति कमाएको स्थान हो, खोकना र बुंगमती । अहिले सोही क्षेत्र तोरी फुलेर पहेँलपुर बनेको छ । गह्रागह्रा र फाँटमा लगाइएको तोरी फुलेर पहेँलपुर बनेपछि यहाँको सुन्दरता निकै बढेको छ । 

तर बढ्दो सहरीकरणले तोरी उत्पादन हुने क्षेत्रफल घटिरहेको स्थानीहरू बताउँछन् । यसैगरी तोरी व्यवसायबाट पलायन हुने क्रम बढ्दै गएपछि पनि पहिला लहलह तोरी फुल्ने कतिपय खेतहरू  बाँझो पनि देखिन्छन्  । यसैगरी कतै प्लटिङ भइरहेका छन् । तर पनि खोकनाले आफ्नो तोरीको तेलको कारण स्थापित गरेको परिचय भने गुमाइसकेको छैन । 

 किसानहरू नै सहजतातर्फ लागेकोमा तोरी उत्पादन घटेको सेराफाटमा काम गरिरहेका किसानहरूले रातोपाटीलाई बताए । परम्परागत रूपमै भए पनि आफूहरूले अहिले पनि तोरी खेती गरिरहेका उनीहरूको भनाइ थियो। 

यहाँको तोरीको तेल किन्नको लागि मानिसहरू पुग्ने गरेका छन् । तर उत्पादन भने निरन्तर घट्दै गएको हो । 

Daily Life In NepalDaily Life In Nepal-2Daily Life In Nepal-3Daily Life In Nepal-4Daily Life In Nepal-5Mustard (1)Mustard (2)Mustard Field (1)Mustard Field (2)Mustard Field (3)Mustard Field (4)Mustard Field (5)Mustard Field (6)Mustard Field (7)Mustard Field (8)Mustard Field (9)Mustard Field (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप