सम्झना टेबलटेनिसमा वंश च्याम्पियन
काठमाडौँ । होप्स टेबलटेनिस एकेडेमीका वंश सिंघालले छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा वंशले आफ्नै क्लबका कृष्ण थापा मगरलाई ११–७, ११–४ र ११–८ को सोझो सेटमा पराजित गरे । महिला सिंगल्सको उपाधि पनि होप्सकै मुनमुन कुन्डुले शुक्रबार जितेकी थिइन् ।
सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा ललितपुर टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगितामा जम्मा ९ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा धरान एन्ड टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीकी पूर्व राष्ट्रिय च्याम्पियन गीता थापा मगर, पुरुष ४० वर्षमाथि काष्ठमण्डप टेबलटेनिस एकेडेमीका चन्दन शाही र पुरुष ५५ वर्षमाथि भेडासिंह टेबलटेनिस क्लबका राजन सुब्बाले स्वर्ण जितेका थिए । यु–१६ सिंगल्सको ब्वाइजमा धरानका श्रीराज वर्दान सिंह तथा गल्र्समा धरानकै श्रेया धर च्याम्पियन बनेका थिए । श्रीराज र श्रेया प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि घोषित भए । टिम इभेन्टको पुरुषमा होप्स तथा महिलामा चीनको लान्फाङ टेबलटेनिस क्लबले स्वर्ण हात पारेका थियो ।
पुरुष/महिला सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार नगद पुरस्कार प्राप्त गरे । बाँकी स्पर्धामा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५÷५ हजार नगद पुरस्कार जिते । कुल नगद पुरस्कार राशि ५ लाख ८० हजार रुपैयाँ रहेको थियो ।
कान्तिपुर पिङ पोङ क्लबका रिजन शाक्य र पमिला जोशी, काष्ठमण्डपका सम्भवराज वन्त, नवविहानी टेबलटेनिस क्लबका रिभानमुणि वज्राचार्य, आर्या समितिकी मनाली चन्दा, ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबकी शुभश्री घिमिरे तथा भिन्तुना बचत तथा ऋण सहकारी लिमिटेडकी उरवी सुवाल उदीयमान खेलाडी चुनिए ।
विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, आयोजक ललितपुर टेबलटेनिस क्लबका अध्यक्ष उर्दीप जोशी, मुख्य प्रायोजक सम्झनाकी निर्देशक रजना जोशीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । समापनका अवसरमा टेबलटेनिसको मुख्य प्रशिक्षक नियुक्त भएकोमा राजेन्द्र कपालीलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।
पाँचदिने प्रतियोगितामा ३ सय ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालबाट ३ सय ६४, भारतबाट २४ र चीनबाट २ (महिला मात्र) खेलाडी सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
-
पूर्वप्रधानमन्त्री खनाल साताव्यापी चीन भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण