लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली, नवलपरासी पश्चिम, दाङ र झापा जिल्लाका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका-१ त्रिवेणी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम र चरेश जस्तो देखिने पदार्थ करिब ४ ग्राम ४ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय दिनेश विक समेत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यता नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका-१ महेशपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्रामसहित सुनवल नगरपालिका-७ अस्नैया घर भई रूपन्देही बुटवल उपमहानगरपालिका-११ देवीनगर बस्ने २८ वर्षीय सरोज चौधरी समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले लु.३५ प ५६१३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै दाङ, तुलसीपुर उपमहानगरपालिका-१८ बेलझुण्डीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने दिवश ढकाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाको मेचिनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्रामसहित कमल गाउँपालिका-५ नमुना टोल बस्ने १९ वर्षीय प्रितेश राई समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी झापाकै मेचिनगर नगरपालिका-६ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने २९ वर्षीय विकाश विकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण