इरानले भन्यो : सिरिया र इराकमा अमेरिकी आक्रमण ‘रणनीतिक गल्ती’
तेहरान । इरानले शुक्रबार सिरिया र इराकमा इरानसँग जोडिएका धेरै लक्ष्यमा अमेरिकाले गरेको आक्रमणलाई 'रणनीतिक गल्ती' भनेको छ। इरानको विदेश मन्त्रालयले सिरिया र इराकमा भएको आक्रमणले 'क्षेत्रमा बढ्दो तनाव र अस्थिरता बाहेक अरू कुनै नतिजा नहुने' बताएको हो।
यसअघि इराकले पनि अमेरिकी आक्रमणले यस क्षेत्रमा ‘विनाशकारी नतिजा’ ल्याउने बताएको थियो। इराकी प्रधानमन्त्रीको कार्यालयका अनुसार आक्रमणहरू देशको सार्वभौमसत्ताको 'उल्लंघन' हो र यसले 'इराक र क्षेत्रको सुरक्षा र स्थिरतालाई असर गर्नेछ'।
अमेरिकी आक्रमणमा सर्वसाधारणसहित कम्तीमा १६ जनाको मृत्यु भएको इराकी अधिकारीहरूले बताएका छन्। अर्कोतर्फ सिरियाले सिरियाली क्षेत्रमा अमेरिकी ‘कब्जा’ जारी राख्न नसक्ने बताएको छ ।
यसअघि शुक्रबार धेरै अमेरिकी बी-१ सुपरसोनिक बमवर्षक विमानले सिरियाका चार र इराकका तीनवटा आधारमा ३० मिनेटभित्र ८५ भन्दा बढी लक्ष्यमा आक्रमण गरेका थिए।
यी आक्रमणहरू सिरिया र इराकमा रहेको इरानी रिभोलुसनरी गार्ड्स कोरको कुड्स फोर्स र इराक र सिरियामा यससँग सम्बन्धित विद्रोही समूहहरूमाथि गरिएको थियो। यसअघि जनवरी २८ मा उत्तरपूर्वी जोर्डनमा रहेको अमेरिकी सैन्य शिविरमा ड्रोन हमला भएको थियो । उक्त आक्रमणमा तीन अमेरिकी सैनिक मारिएका थिए ।
अमेरिकाले यसका लागि इरानसँग सम्बन्धित मिलिशिया संगठनलाई जिम्मेवार ठहर गरेको थियो । ती आक्रमणको जवाफमा अमेरिकाले शुक्रबार आक्रमण गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण