उपनिर्वाचनका सम्बन्धमा उपप्रधानमन्त्री खड्कासँग निर्वाचन आयोगको छलफल

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा आज उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले आज सिंहदरबारस्थित रक्षामन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग हालै सम्पन्न राष्ट्रियसभा निर्वाचन र अब गर्नुपर्ने उपनिर्वाचनका विषयमा छलफल गरेका हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य र रक्त स्थानीय तहको उपनिर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गर्दै आएको छ । विभिन्न कारणले रिक्त रहेका ती पदमा आयोगले उपनिर्वाचन गराउन लागेको हो ।
निर्वाचन आयोगका अनुसार हाल प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा एक–एक पद रिक्त छ । इलाम निर्वाचन क्षेत्र–२ बाट निर्वाचित नेकपा (एमाले) का सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो भने सुदूरपश्चिम प्रदेश बझाङ निर्वाचन क्षेत्र नं १ प्रदेश १ बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन भएपछि ती स्थानमा उपनिर्वाचन हुने भएको हो ।
आयोगका अनुसार हाल प्रतिनिधिसभा सदस्यमा एक, प्रदेशसभा सदस्यमा एक, जिल्ला समन्वय समिति प्रमुखमा दुई, नगर उपप्रमुखमा एक, गाउँपालिका अध्यक्षमा एक, गाउँपालिका उपाध्यक्षमा दुई र विभिन्न पालिकाका १७ वडा अध्यक्ष २५ रिक्त पद छन् । ती पदमा उपनिर्वाचनका लागि आयोगले उपप्रधानमन्त्री खड्कासँग आवश्यक छलफल गरेको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्यो : महासचिव पोखरेल
-
सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त
-
संखुवासभाको सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित
-
गम्भीर दीर्घरोगीको प्रशामक सेवाका लागि रणनीति स्वीकृत
-
श्रीराम श्रेष्ठको नियात्रा संग्रह ‘यात्राको तस्बिर’ सार्वजनिक
-
छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरेको प्रमाण बुझाउन निर्देशन