पत्रपत्रिका
अवैध कामदार खोज्दै मलेसिया, १५ नेपालीसहित ५ सय विदेशी पक्राउ
सोमबार, २२ माघ २०८०, ०५ : ५७

काठमाडौँ । मलेसियाले बजारमा छापा मार्दा वैध कागजात नभएका १५ नेपालीसहित ५ सय विदेशी पक्राउ परेका छन् । त्यहाँको सेरी केम्बांगनस्थित सेलान्गोर होलसेल बजारमा अध्यागमन विभागले अपरेसन सञ्चालन गरेको थियो ।
अपरेसनमा सहभागी सेलान्गोर इमिग्रेसनका निर्देशक खैरुल अमिनस कमरुद्दीनले शनिबार बिहानै अपरेसनका क्रममा २६ जना महिलासहित ५ सय ३० विदेशीलाई नियन्त्रणमा लिइएको बताए ।
उनीहरूमा म्यानमारका २ सय ७७, बंगलादेशका ९४, भारतका ७२, इन्डोनेसियाका ३९, नेपालका १५, श्रीलंकाका ९, पाकिस्तानका ६ र भियतनामका एक जना रहेको बर्नामाले रिपोर्टले जनाएको छ । खैरुल अमिनसका अनुसार विदेशी नागरिकसँग स्वदेशमा रहेका वैध कागजात छन् कि छैनन् भनी जाँच गरिनेछ । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि तोडफोडमा संलग्नलाई काठमाडाैँका सीडीओले सामान्य धरौटीमा छाडे
-
लिटिल मिस एन्जल र लिटिल मास्टर नेपालको उपाधि थापा र गुरुङलाई
-
गर्मी बढेपछि बर्दिबासका विद्यालय तीन दिन बन्द
-
बागमती सरकारले ल्यायो ६७ अर्ब ४७ करोडको बजेट
-
अझै आएन कर्णालीको बजेट : सांसद्देखि कर्मचारीहरू बाहिर कुरेको कुर्यै, नेताहरू छलफलमै व्यस्त
-
मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा