आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मुगुमा आगलागीमा परेर दाजु बहिनीको मृत्यु

सोमबार, २२ माघ २०८०, १८ : २३
सोमबार, २२ माघ २०८०

मुगु । मुगुमा आगलागीमा परेर दाजु बहिनीको मृत्यु भएको छ ।  जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोला बस्ने ३० वर्षीया सरस्वती सन्ज्यालको छोरा १४ वर्षीय बिशाल सन्ज्याल र छोरी १२ वर्षीया झरना सन्ज्यालको आगलागीमा जलेर गएराति मृत्यु भएको हो ।

सरस्वतीले आफ्नै जस्तापाताले छाएको कच्ची घरको भुई कोठामा आगो बाली सुतिरहेको अवस्थामा आगलागी भएको प्रहरीले जनाएको छ ।  आगलागी भएलगत्तै पुगेको प्रहरीले स्थानीय बासिन्दाको सहयोग आगलागी निभ्याउने क्रममा दुवै जनाको शव फेला पारेको थियो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप