बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

आगामी आर्थिक वर्षको बजेट उत्पादनशील क्षेत्रमा केन्द्रित हुन्छ : अर्थमन्त्री महत

सोमबार, २२ माघ २०८०, १९ : ४८
सोमबार, २२ माघ २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित बजेट हुने बताएका छन् । 

सोमवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री महतले यस्तो बताएका हुन् । उनले प्रिबजेटको विषय यही संसद् अधिवेशनमा हुने भएकाले सांसदहरुले दिएको सुझाव र मुलुकको सीमित स्रोत र साधनलाई हेरेर उत्पादनशील क्षेत्रमा समेट्ने गरी सम्बोधन गर्ने गरी अगाडि बढ्ने बताए । उनले विगतमा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा छलफल गर्न समय हुने थिएन तर समय व्यवस्था भएको भन्दै यसले संसद् र सरकारबिच बजेट, नीति तथा कार्यक्रमका विषयमा संवाद गर्न पाउने अवस्था सिर्जना भएको बताए । 

अर्थमन्त्री महतले विगतका सरकारले आयोजनाको स्रोत सुनिश्चित नभई आयोजनाहरु घोषणा गरेको कारण धेरै आयोजनाहरुको काम अधुरो रहेको बताए । उनले आयोजनाहरुमा बजेट नै नराखी ठूलो ठेक्का लगाएको कारण पनि परिणाम आउन नसकेको बताए ।

अर्थमन्त्री महतले सरकारले यो अधिवेशनमा धेरै विधेयकहरु पेस गर्ने तयारी गरेकाले संसद्ले बिजनेस प्रशस्त पाउने बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप