आगामी आर्थिक वर्षको बजेट उत्पादनशील क्षेत्रमा केन्द्रित हुन्छ : अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित बजेट हुने बताएका छन् ।
सोमवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री महतले यस्तो बताएका हुन् । उनले प्रिबजेटको विषय यही संसद् अधिवेशनमा हुने भएकाले सांसदहरुले दिएको सुझाव र मुलुकको सीमित स्रोत र साधनलाई हेरेर उत्पादनशील क्षेत्रमा समेट्ने गरी सम्बोधन गर्ने गरी अगाडि बढ्ने बताए । उनले विगतमा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा छलफल गर्न समय हुने थिएन तर समय व्यवस्था भएको भन्दै यसले संसद् र सरकारबिच बजेट, नीति तथा कार्यक्रमका विषयमा संवाद गर्न पाउने अवस्था सिर्जना भएको बताए ।
अर्थमन्त्री महतले विगतका सरकारले आयोजनाको स्रोत सुनिश्चित नभई आयोजनाहरु घोषणा गरेको कारण धेरै आयोजनाहरुको काम अधुरो रहेको बताए । उनले आयोजनाहरुमा बजेट नै नराखी ठूलो ठेक्का लगाएको कारण पनि परिणाम आउन नसकेको बताए ।
अर्थमन्त्री महतले सरकारले यो अधिवेशनमा धेरै विधेयकहरु पेस गर्ने तयारी गरेकाले संसद्ले बिजनेस प्रशस्त पाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण