दैलेखमा बालबालिकामा हेपाटाइटिस ए को सङ्क्रमण बढ्दो
सुर्खेत । दैलेख लगायतका जिल्लाबाट उपचारका लागि आउने बालबालिकाहरूमा पछिल्लो समय हेपाटाइटिस ‘ए’ को सङ्क्रमण देखिन थालेको छ । चिकित्सकहरूले बालबालिकाहरूमा तीव्र सङ्क्रमण देखिएको भन्दै ध्यान दिन सुझाव दिएका हुन् ।
वीरेन्द्रनगर स्थित नेपाल बाल पोलिक्लिनिकमा उपचारमा आउने धेरै जसो बालबालिकामा उक्त रोगको सङ्क्रमण देखिन थालेको बालरोग विशेषज्ञ डा. नवराज केसी बताउँछन् । उनका अनुसार सदरमुकामसमेत रहेको दैलेखको नारायण नगरपालिकाबाट पछिल्लो समय जन्डिस भएका बालबालिकाहरू वीरेन्द्रनगरमा उपचारका लागि आउँदा उनीहरूमा उक्त रोगको सङ्क्रमण देखिएको छ ।
‘यो समस्या धेरै जसो दूषित पानीबाट सर्ने भएको हुँदा त्यहाँको खानेपानी ढलसँग (वा अन्य) मिसावट भएको हुनसक्छ,’ उनले भने, ‘सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनका अनुसार नारायणबाट आएका धेरै बालबालिकाहरूमा हेपाटाइटिस ‘ए’ देखिएको छ ।
‘यो दुई महिनायता जन्डिस भएका बिरामीहरू नियमित रूपमा यता आइरहेका छन्,’ उनले भने, ‘यता परीक्षण गर्दा यस्तो सङ्क्रमण भएको पुष्टि भएको छ ।’ अहिले विगत वर्षको भन्दा धेरै नै मात्रामा बालबालिकाहरू उपचारका लागि आइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण