आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

सर्वोच्चको आदेश कार्यान्वयनकाे माग गर्दै ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठनको प्रदर्शन (तस्बिरहरु)

बुधबार, २४ माघ २०८०, १४ : २७
बुधबार, २४ माघ २०८०

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल सरकारका नाममा जारी गरेको निर्देशनात्मक आदेश कार्यान्वयनको माग गर्दै  ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले राजधानीमा मार्चपास गरेको छ।  अन्यायमा पर्दै आएका ब्रिटिश गोर्खा सैनिकहरूको पक्षमा २४ माघ २०७९ सालमा सर्वोच्च अदालतले गरेको फैसलालाई सरकारले कार्यान्वयन नगरेको भन्दै बिगेसोले प्रदर्शन गरेको हो ।

bigeso (1)

सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयबाट नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई यही वर्षको गत ८ साउन र २० पुसमा दुई पटक ताकेता पत्र पठाइसकेको छ । तर सरकारले कार्यान्वयनको पाटोमा ध्यान नदिएको बिगेसोको गुनासो छ ।

bigeso (2)

सन् १९४७ को नोभेम्बर ९ मा नेपाल, भारत र संयुक्त अधिराजयबीच भएको त्रिपक्षीय सम्झौता अन्तर्गत भर्ती भएको गोरखा सैनिकहरूमाथि हुँदै आएको अन्याय, असमानता र विभेदका विषयहरूलाई लिएर बिगेसो विगत तीन दशक यता संघर्ष गर्दै आएको छ ।

bigeso (3)bigeso (5)bigeso (6)bigeso (7)bigeso (8)bigeso (9)bigeso (10)bigeso (11)bigeso (12)bigeso (13)bigeso (14)bigeso (15)bigeso (16)bigeso (17)bigeso (18)bigeso (19)bigeso (20)bigeso (21)bigeso (22)bigeso (23)bigeso (24)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप