बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
कविता

टाढा रहेको बाबाको सम्झना

बिहीबार, २५ माघ २०८०, १२ : ११
बिहीबार, २५ माघ २०८०

जीवन जहाँ नियतिहरू गाँसिन्छन्
एउटा फूल फुलेकी छिन् मेरो बगैँचामा 
विशुद्ध दिव्य ताराझैँ चम्किन्छिन् ।
मेरो फूलको नाम गुलाब 
भाग्यको प्रमाण 
ईश्वरको वरदान ।

संयोग होइन यो भाग्य नै मेरो उज्यालो
अन्धकारमा मेरो गुलाबको ज्योति चम्किलो
घरका उज्याला हुन् छोरीहरू ।

शारदा ! तिमी मेरो बगैँचाकी माली
एक्लो तर निडर छौ तिमी 
हाम्रो फूललाई हुर्काउँदै छौ
म नभएको त्यो हाम्रो कोठामा
कति खोजे होलान् मेरो आभास 
अनगिन्ती अनिदा रातहरूमा ।

म एक्ली आमालाई सलाम गर्छु
विशेष गरी ती आमा 
जसका लाहुरेहरू गएका छन्
सेवामा
कर्तव्यमा
साँझदेखि बिहानसम्म ।

यी शब्दहरू
सम्पूर्ण आमाहरूलाई
एकान्त आमाको काखमा हुर्किएका हरेक गुलाबहरूलाई
टाढा रहेका सबै बाबाहरूको तर्फबाट प्रेमको अनन्त सम्झना ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेश कोइराला
सुरेश कोइराला
लेखकबाट थप