कविता
टाढा रहेको बाबाको सम्झना
बिहीबार, २५ माघ २०८०, १२ : ११
जीवन जहाँ नियतिहरू गाँसिन्छन्
एउटा फूल फुलेकी छिन् मेरो बगैँचामा
विशुद्ध दिव्य ताराझैँ चम्किन्छिन् ।
मेरो फूलको नाम गुलाब
भाग्यको प्रमाण
ईश्वरको वरदान ।
संयोग होइन यो भाग्य नै मेरो उज्यालो
अन्धकारमा मेरो गुलाबको ज्योति चम्किलो
घरका उज्याला हुन् छोरीहरू ।
शारदा ! तिमी मेरो बगैँचाकी माली
एक्लो तर निडर छौ तिमी
हाम्रो फूललाई हुर्काउँदै छौ
म नभएको त्यो हाम्रो कोठामा
कति खोजे होलान् मेरो आभास
अनगिन्ती अनिदा रातहरूमा ।
म एक्ली आमालाई सलाम गर्छु
विशेष गरी ती आमा
जसका लाहुरेहरू गएका छन्
सेवामा
कर्तव्यमा
साँझदेखि बिहानसम्म ।
यी शब्दहरू
सम्पूर्ण आमाहरूलाई
एकान्त आमाको काखमा हुर्किएका हरेक गुलाबहरूलाई
टाढा रहेका सबै बाबाहरूको तर्फबाट प्रेमको अनन्त सम्झना ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
-
आँखामा मसाज गन प्रयोग गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण