बालेनद्वारा सहरी मन्त्रालयलाई जवाफ दिन अस्वीकार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले धरहरा क्षेत्रमा खुला गरिएको पार्किङ एक महिनाका लागि भए पनि बन्द गर्न आग्रह गर्दै सहरी विकास मन्त्रालयले पठाएका दुईवटै चिठीको जवाफ दिन इन्कार गरेका छन् । मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले यही माघ १४ र १८ गते दुईवटा चिठी महानगरपालिकालाई पठाएको थियो । तर शाहले जवाफ दिएका छैनन् । यसप्रति मन्त्रालयका उच्च कर्मचारीले असन्तुष्टि जनाएका छन् ।
मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले यही माघ १४ र १८ गते गरी दुईवटा चिठी पठाएको थियो । तर मेयर शाहले अहिलेसम्म त्यसको जवाफ दिएका छैनन् । 'चिठीको जवाफ त आउनुपर्थ्यो । जे भए पनि केही न केही कुरा आउनुपर्थ्यो। जवाफ नै नआउनु अति नै अपमान हो,' कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले भने, 'हामीले अहिलेसम्म दुई पटक चिठी पठाइसकेका छौँ ।' आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण