काठमाडौँको दुई ठाउँमा लाखौँको चोरी

काठमाडौँ । काठमाडौँको दुई स्थानमा लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । टोखा नगरपालिका-७ धापासी डेरा गरी बस्ने गुल्मी इस्मा गाउँपालिका-१ घर भएका कृष्ण घिमिरेको कोठामा चोरी भएको हो ।
शुक्रबार दिउँसो नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ३ लाख १० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीको भनाई छ । यसैगरी काठमाडौँ महानगरपालिका-१४ कुलेश्वरस्थित बारा गढीमाई नगरपालिका-२ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका-१५ तिनथाना बस्ने ४७ वर्षीय मनोज कुमार गुप्ताको अमन खाद्य स्टोरको सटरको ताला फोडेर नगद करिब २० लाख रुपैयाँ गएराति चोरी भएको छ ।
उता झापाको झापा गाउँपालिका-१ रसुगंज बस्ने प्रभु नारायण यादवको घरमा कोही पनि नभएको अवस्थामा ५ तोला सुनका गरगहना र ४५ तोला चाँदीका गरगहना शनिबार बिहान चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परा धान्न पञ्चेबाजा बजाउँछन् पाल्पाका महिला
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा