सर्लाहीमा एमाले परित्याग गरेर दुई जना आजपामा प्रवेश
आइतबार, २८ माघ २०८०, १२ : ००
सर्लाही । नेकपा एमाले परित्याग गरेर सर्लाहीमा दुई जना आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । नेकपा एमालेका सर्लाही जिल्ला नेता तथा राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष सुनील कुमार गुप्ता र युवा नेता निरज गुप्ता आजपामा प्रवेश गरेका हुन् ।
उनीहरुलाई आजपाका अध्यक्ष प्रभु साहले खादा र मालाका साथ पार्टीमा स्वागत गरे ।
एमाले पार्टी आम जनादेश विपरीत गएको, संगठनमा काम गर्नेभन्दा चाकडि गर्ने भजनमण्डलीको बढी हालीमुहाली रहेको नवप्रवेशीको आरोप छ ।
पछिल्लो समय देशमा वैकल्पिक शक्तिको रुपमा आम जनता पार्टी दूरदर्शी सोच, संगठन र संघर्ष अघि बढाईरहेको निचोड सहित आफूहरु आजपामा प्रवेश गरेको उनीहरुको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसान सूचीकरण तीव्र, २६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध
-
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
-
परीक्षा दिएर फर्किरहेका विद्यार्थीसहितको डुङ्गा डुब्दा कङ्गोमा कम्तीमा २० जनाको मृत्यु
-
बर्दिबास साक्षर नगरको सूचीमा
-
कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
-
तस्बिरमा हेर्नुहोस् नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण