२५ वर्षपछि ब्रह्मानन्दमको बलिउडमा कमब्याक
मुम्बई । टलिउडका ‘कमेडी किङ’का रुपमा परिचित अभिनेता ब्रह्मानन्दमले २५ वर्षपछि बलिउडमा कमब्याक गर्ने भएका छन् । हालै उनले लामो समयपछि टलिउडमा पनि कमब्याक गरेका थिए । उनको उपस्थितिलाई दर्शकले लामो समयदेखि प्रतीक्षा गरिरहँदा ‘कीडा कोला’मार्फत टलिउड कमब्याक गरेका थिए ।
ब्रह्मानन्दमले यसपटक गुरु रंधावाको फिल्म ‘कुछ खट्टा हो जाए’मार्फत बलिउडमा कमब्याक गर्न लागेका हुन् । यो फिल्ममा गुरु नै ‘हिरो’का रुपमा डेब्यू गर्दैछन् । फिल्ममा सई मान्जरेकर अभिनेत्रीका रुपमा हुनेछिन् । उनलाई ‘मेजर’ र ‘स्कन्द’ जस्ता फिल्मका लागि दर्शकले चिन्दछन् ।
फिल्ममा जी अशोकको निर्देशन रहनेछ । फिल्ममा ब्रह्मानन्दनको भूमिका कस्तो हुनेछ भन्ने हालसम्म केही खुलेको छैन । फिल्म फेब्रुअरी १६ मा रिलिज हुँदैछ । ब्रह्मानन्दले अमिताभ बच्चन अभिनीत फिल्म ‘सूर्यवंशम’मार्फत बलिउडमा डेब्यू गरेका थिए ।
उनलाई साउथका सुपरस्टार प्रभासको फिल्म ‘द राजा साब’ र राम चरणको फिल्म ‘गेम चेञ्जर’को पनि प्रस्ताव आएको छ । ब्रह्मानन्दमको तेलुगू फिल्ममा ठुलो योगदान छ । उनले कैयौँ राम्रा फिल्ममा अभिनय गरेका छन् ।
उनले सयौँ फिल्ममा आफ्नो कमेडी अभिनय देखाइसकेका छन् । आचार्य नागार्जुन युनिभर्सिटीले उनलाई ‘डक्टरेट’को उपाधि पनि दिइसकेको छ । उनको पारिश्रमिक अन्य कमेडीयनको भन्दा उच्च छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण