कामना सेवामा भिडियो केवाईसीमार्फत् अनलाइन खाता खोल्न सकिने

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई अनलाइन माध्ययमवाट खाता खोली ग्राहक पहिचान विवरण अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ । उक्त मोड्युल सार्वजनिक भए संगै कामना सेवा विकास बैंकमा खाता खोल्नको लागि ग्राहक स्वयं उपस्थित हुनुपर्ने छैन ।
अनलाइन माध्ययमवाट खाता खोल्न सक्ने व्यवस्था यसअघि नै गरिएको भएता पनि ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्नको लागि बैंकमा स्वयं उपस्थित नै हुनुपर्ने व्यवस्था थियो ।
उक्त प्रविधिलाई थप परिष्कृत बनाउँदै ग्राहकहरुले अनलाइन खाता खोल्ने क्रममा बैंक प्रतिनिधिसँग आफूलाई पायक पर्ने समय तय गरेर वा अनलाइन खाता खोल्ने क्रममा माग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरी आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्ने सकिने बैंकले जनाएको छ ।
यो सुविधा प्रयोग गर्न बैंकको डिजिटल प्लाटफर्म www.digiaccount.kamanasewabank.com मार्फत् खाता खोल्न र आफ्नो विवरण अद्यावधिक गर्न सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप लिग २: नेपालको ऐतिहासिक जित, १ विकेटले स्कटल्याण्ड स्तब्ध
-
१२ बजे १२ समाचार: गृहमन्त्रीको राजीनामा बटम बटमलाइनदेखि यातायात सञ्चालनबारे अझै अन्योलसम्म
-
सरकारी वार्ता टोली र यातायात व्यवसायीबीच सहमति, तर बन्दबारे अझै अन्योल
-
फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह
-
‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ आगामी साउन २ र ३ मा
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै