अघि बढेको इतिहासको गति कहिल्यै पछाडि फर्कँदैन : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अगाडि बढिसकेको इतिहासको गति कहिल्यै पछाडि नफर्कने बताएका छन् ।
‘नेपाली जनताले ठुलो बलिदान र संघर्षबाट समावेशीयुक्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त गरेका छन्, यो संविधानले सबैलाई मिलाएर लैजाने लक्ष्य राखेको छ, यसमा सबै निश्चिन्त हुन म आग्रह गर्दछु,’ बौद्ध धर्म, संस्कृति र परम्परा अनुसार शीतल निवासमा मंगलबार भएको नेपाल बज्रयान महाविहार, लुम्बिनीको राजकुल गमन कार्यक्रममा राष्ट्रपति पौडेलले भने, ’इतिहासको जुन गति छ, अगाडि बढेपछि त्यो फर्कँदैन ।’
बुद्ध धर्मले नेपाललाई संसारमा चिनाएको, यसको गरिमा बढाएको र नेपालको मौलिकता झल्काएको उल्लेख गर्दै उनले भने, ‘बुद्ध धर्मले विश्वमा शान्तिको लागि मात्र होइन, ज्ञानको लागि पनि योगदान पुर्याएको छ र आत्मिक शक्तिलाई माथि उठाउन पनि योगदान दिएको छ ।’
नेपाल परम्परागत बौद्ध धर्म संघको संयोजनमा भएको सो कार्यक्रममा राष्ट्रपति पौडेलले भिक्षु, भिक्षुणीहरूलाई दान दक्षिणा प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण