बर्दियाको बाँसगढी नगरपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध
_9mhdSFbRdK.jpg)
काठमाडौँ । बर्दियाको बाँसगढी नगरपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ । सरकारले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बाँसगढी नगरपालिका आबद्ध भएको हो ।
बाँसगढी नगरपालिभित्र रहेका अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउनेछन् । सामाजिक सुरक्षा कोषका तर्फबाट कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र बाँसगढी नगरपालिकाका तर्फबाट नगर प्रमुख खडक बहादुर खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सो अवसरमा नगर प्रमुख खडकाले बाँसगढी नगरपालिकाले औपचारिक क्षेत्र तथा अनौपचारिक क्षेत्रका श्रमीकहरु कोषमा
आबद्ध हुनुपर्ने सम्बन्धमा जनचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको बताएका थिए । कोषमा आबद्ध हुने सम्झौता गरेसँगै प्रथम चरणमा नगरपालिकाले नगर क्षेत्रभित्र भित्र कार्यरत १०३ स्वास्थ्य स्वयं सेविकाहरुलाई यसै फागुन महिनाबाट कोषमा आबद्ध गराउने बताएका थिए ।
उनीहरूले कोषमा गर्नुपर्ने योगदान रकम ९३१ प्रतिशत ० जम्मा गर्ने बताए । आगामी दिनमा क्रमिक रुपमा नगरक्षेत्र भित्र रहेको अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमीकहरुलाई समेत आबद्ध गर्ने कार्यलाई अघि बढाउने उनले बताए ।
कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले जनताको जीवनयापनमा आइपर्ने सामाजिक सुरक्षाका विभिन्न समस्याहरुको समुचित सम्बोधन गर्न सामाजिक सुरक्षा अपरिहार्य रहेको बताए । बाँसगढी नगरपालिकाको उक्त निर्णयले सकारात्मक सन्देश प्रवाह गरेको समेत उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्ले–अफ चरणमा पुग्न प्रयासरत दिल्ली र बहिर्गमनबाट जोगिन संघर्षरत हैदराबादबिच रोचक भिडन्त
-
विदेशी फिल्मलाई पनि छाडेनन् ट्रम्पले, लगाए ट्यारिफ
-
महासचिव शंकरको प्रस्ताव अध्यक्ष ओलीद्वारा अस्वीकार, अष्टलक्ष्मीसँग सवाल–जवाफ
-
हनुमानढोका दरबार क्षेत्रमा ढुंगा बिछ्याएको ६ महिना नबित्दै खन्न थालियो
-
ललितपुरमा मापसे गरेर चलाएको कार पोलमा ठोक्कियो, ३ जना घाइते
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?