बर्दियाको बाँसगढी नगरपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध
काठमाडौँ । बर्दियाको बाँसगढी नगरपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ । सरकारले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बाँसगढी नगरपालिका आबद्ध भएको हो ।
बाँसगढी नगरपालिभित्र रहेका अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउनेछन् । सामाजिक सुरक्षा कोषका तर्फबाट कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र बाँसगढी नगरपालिकाका तर्फबाट नगर प्रमुख खडक बहादुर खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सो अवसरमा नगर प्रमुख खडकाले बाँसगढी नगरपालिकाले औपचारिक क्षेत्र तथा अनौपचारिक क्षेत्रका श्रमीकहरु कोषमा
आबद्ध हुनुपर्ने सम्बन्धमा जनचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको बताएका थिए । कोषमा आबद्ध हुने सम्झौता गरेसँगै प्रथम चरणमा नगरपालिकाले नगर क्षेत्रभित्र भित्र कार्यरत १०३ स्वास्थ्य स्वयं सेविकाहरुलाई यसै फागुन महिनाबाट कोषमा आबद्ध गराउने बताएका थिए ।
उनीहरूले कोषमा गर्नुपर्ने योगदान रकम ९३१ प्रतिशत ० जम्मा गर्ने बताए । आगामी दिनमा क्रमिक रुपमा नगरक्षेत्र भित्र रहेको अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमीकहरुलाई समेत आबद्ध गर्ने कार्यलाई अघि बढाउने उनले बताए ।
कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले जनताको जीवनयापनमा आइपर्ने सामाजिक सुरक्षाका विभिन्न समस्याहरुको समुचित सम्बोधन गर्न सामाजिक सुरक्षा अपरिहार्य रहेको बताए । बाँसगढी नगरपालिकाको उक्त निर्णयले सकारात्मक सन्देश प्रवाह गरेको समेत उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण