संसदमा उठ्यो गुरगी योजना फेल गराउनेलाई कारबाहीको माग

धनगढी । प्रतिनिधि सभामा कैलालीको कैलारी गाउँपालिकास्थित गुरगी सिँचाइ योजनाको सवालले विषय प्रवेश पाएको छ ।
कैलाली क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य गंगाराम चौधरीले सो योजना विभिन्न व्यक्तिहरुले तुहाउने खेल खेलिरहेको भन्दै त्यस्ता व्यक्तिलाई कारबाहीको माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा चौधरीले योजनाको लागि सरकारले बजेट विनियोजन गरे पनि सुदूरपश्चिम सरकारकोको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको सिँचाइ डिभिजन कार्यालय कैलालीका कर्मचारी र स्थानीय नेताहरु योजनालाई बिथोल्नेमा तल्लीन रहेको दाबी गरे । ६ हजार किसानको भविष्यमाथि खेलबाड हुने कार्य भइरहेको बताउँदै उनले सम्बन्धित कार्यालयका कर्मचारीलाई तत्काल कारबाही गर्न समेत माग गरे ।
उनले भने, ‘स्थानीय नेता र कर्मचारीहरु योजना विफल बनाइ कृषि यन्त्र वितरण गर्ने दाउमा छन् । किनभने त्यसमा कमिसन आउँदो रहेछ । खबरदार त्यो झोले नेता र कर्मचारीहरु बुझ्नैपर्छ । यसको उत्तर कैलारी गाउँपालिकाका जनता पाउनैपर्छ । त्यसता कर्मचारीलाई एक मिनेट त्यो जिम्मेवारीमा बस्न नपाउने व्यवस्था गरियोस् । तत्काल त्यो योजना सम्बन्धित मन्त्रालयले कार्यान्वयन गरियोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानेडियन प्रतिद्वन्द्वीसँग स्तब्ध बन्दै उपाधि होडबाट बाहिरियो मेस्सी आबद्ध इन्टर मियामी
-
श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
कोशी प्रदेश : लगानी सम्मेलन आज उद्घाटन हुँदै
-
भारतको हवाई क्षेत्र पाकिस्तानी विमानका लागि बन्द
-
अमेरिका र युक्रेनबिच प्राकृतिक स्रोतसम्बन्धी सम्झौतामा हस्ताक्षर
-
प्रतिष्ठाको लडाइँमा रहेको राजस्थानलाई हराउँदै पहिलो स्थानमा उक्लने धुनमा मुम्बई