पुनरावेदनमा सन्दीप लामिछानेको दलिल– नियत त्यस्तो भए नगरकोटमै होटल बुक गर्थें होला
काठमाडौँ । बलात्कार आरोपमा काठमाडौँ जिल्ला अदालतबाट ८ वर्ष जेल सजाय पाएका क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । पुनरावेदनमा लामिछानेले पीडित भनिएकी ‘गौशाला २६’ले दिएका केही बयानलाई नै आधार बनाएर आफू निर्दोष रहेको जिकिर गरेका छन् ।
गौशाला–२६ ले बकपत्रमा ‘बोजिनी रिसोर्ट नगरकोट बस्दा पटकपटक होटलको स्टाफ आई मेरो प्रतिवादीसँग भीआइपी रुम छ सर, बुक गर्दिउँ भनेर समेत भनेका थिए भन्ने व्यहोरा उल्लेख भएको छ’ भनेको जिकिर गर्दै सन्दीपको पुनरावेदन निवेदनमा दलिल गरिएको छ, ‘यदि प्रतिवादीको रात बस्ने योजना र नियत भएको भए पटकपटक होटलको स्टाफ आई भीआइपी रुम छ सर, बुक गर्दिउँ भनेर सोधेको प्रश्न उत्तरमा नगरकोटमा नै रुम बुक गर्थें होला ।’
त्यस कारण पनि प्रतिवादीको योजना र नियतले होइन, गौशाला–२६ कै योजना तथा आग्रहमा काठमाडौँ इन होटलको रुम बुक गरी बसेको देखिने पुनरावेदनमा जिकिर छ ।
‘एक पक्षले आरोप लगाएको छ र आरोप खेप्ने पक्षले आरोप इन्कार गर्दछ भने कुन पक्षको भनाइमा एकरुपता, सत्यता र इमानदारिता छ भन्ने कुरा सम्मानित अदालतले परीक्षण गर्नुपर्ने हुन्छ,’ सन्दीपको पुनरावेदनमा भनिएको छ, ‘सम्मानित अदालतले एकरुपता, सत्यता र इमानदारिता पक्षहरुले तथ्यको विषयमा उल्लेख गरेका अन्य कुरा एवं उपलब्ध प्रमाणको आधारमा परीक्षण गर्नुपर्ने कुरालाई प्राथमिकता नदिइ अनुमानका आधारमा गरेको फैसला पुनरावलोकन हुन आवश्यक छ ।’
सन्दीपले जिल्ला अदालतले बिना ठोस आधार कारण मागदाबी नै नरहेको विषयलाई आधार मानेर मनोगत तथा स्वेच्छा प्रयोग गरी अदालतबाट स्वविवेकीय अधिकारको गलत प्रयोग गरी गरेको निर्णय खारेज हुनुपर्ने मागसमेत गरेका छन् ।
‘सँगै कोठामा जाने, प्रतिवादीको गाडीको पछाडिबाट स्न्याप भिडियो खिच्ने, सेल्फी खिचेर पठाउने, वारदात भएको भनिएको मिति पछाडि एक हप्तासम्म प्रतिवादीको नाम लेखिएको जर्सी लगाएर क्रिकेट हेर्ने, खुसीले उमङ्ग हुने, होहल्ला गर्ने, खुसी साटासाट गर्ने जस्ता आचरणले जबर्जस्ती करणी भएको पुष्टि गर्दैन,’ सन्दीपको पुनरावेदन निवेदनमा भनिएको छ, ‘करणी भएको कल्पनासमेत गर्न सकिँदैन । तसर्थ, कोठामा सँगै बस्नु भनेको बलात्कार गर्नु होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण