छोरा भेट्न नदिएपछि भारतीले औषधीको ओभरडोज लिएको खुलासा, आइसियुमा राखेर उपचार हुँदै
_6DMS9mil3c.jpg)
काठमाडौँ । नेपालगञ्जका गुण्डा नाइके योगराज ढकाल उर्फ रिगलको समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले औषधीको ओभरडोज लिएको खुलासा भएको छ । छोरालाई भेट्न नपाएपछि भारतीले औषधीको ओभरडोज लिई बेहोस भएपछि उनको भेरी अस्पतालमा उपचार हुँदै गरेको छ ।
नेपालगञ्जका स्थानीय सञ्चारकर्मी आशिष मल्ल ठकुरीका अनुसार छोरा पढ्ने विद्यालयले भारतीलाई छोरासँग भेट्न नदिएको र खाजासमेत फिर्ता गरिदिएपछि उनले आत्महत्याको प्रयास गरेकी हुन् ।
स्थानीय क्रिष्टल बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत आफ्नो छोरालाई भेट्न र खाजा पुर्याउन भारती दैनिकरुपमा विद्यालयमा जाने गरेकामा मंगलबार विद्यालयले उनको खाजा दिन नमिल्ने भनी फिर्ता पठाएको थियो । बालकको अभिभावकको नाममा हजुरबुवा र हजुरआमाको नाममात्रै रहेको भन्दै अभिभावकको नाम नरहेको अवस्थामा खाजा स्वीकार गर्न नसकिने भन्दै भारतीको खाजा फिर्ता पठाइदिएको थियो । यसअघि पनि भारतीले खाजा लगिदिने गरेको भएपनि विद्यालयले थाहा नपाएको र मंगलबार थाहा पाएपछि खाजा फिर्ता पठाइदिएको स्थानीय सञ्चारकर्मी ठकुरीले बताए ।
विद्यालयले खाजा फिर्ता पठाइदिएपछि भारतीले भावुक हुँदै सामाजिक सञ्जाल फेसबुकमा ‘छोरा मलाई माफ गरिदेउ, म थाकी सकेँ’ भनी स्टाटस लेखेकी थिइन् । त्यस्तो स्टाटस लेखेको पाइएपछि कुनै अप्रिय घटना नहोस् भनी उनका दाइ र अन्य एक महिला भारतीको डेरामा पुग्दा उनी अचेत अवस्थामा फेला परेकी थिइन् । अचेत अवस्थामा फेला परेकी भारतीले झोलरुपमा रहेको कुनै औषधी आधी खाइसकेको तथा दैनिक खाने डिप्रेसनको औषधीको एक पत्ता सबै खाएको पाइएको ठकुरीले बताए ।
औषधीको ओभरडोजले विषको रूप लिएको र अवस्था गम्भीर रहेको अस्पतालको भनाइ उद्धृत गर्दै ठकुरीले बताएका छन् । उनलाई आइसियुमा राखेर उपचार गरिरहेको र कम्तीमा ७२ घण्टा आइसियुमा राखेर उपचार गर्नुपर्ने ठकुरीले बताए ।
चेतन मानन्धर तर्फबाट जायजन्म भएको सन्तानलाई भेट्न भारती विद्यालयमा पुगेकी थिइन् । भारतीले हाल अर्का व्यक्तिसँग विवाह गरेपछि चेतनको परिवारले भारतीलाई बालकसँग भेटघाट गर्न पनि प्रतिबन्ध लगाइदिएको ठकुरीले बताए । बालकलाई भेटघाट गर्नसमेत नदिएपछि उनी चिन्तित भएको र विद्यालयले खाजा समेत फिर्ता पठाइदिएपछि उनले आत्महत्याको प्रयास गरेको ठकुरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला