एप्पलले बन्द गर्यो विद्युतीय कारकाे काम
क्यालिफोनिर्या । अमेरिकी आइफोन निर्माता कम्पनी एप्पल इंक एक दशकदेखि विद्युतीय कार बनाउन लागि परेको थियो । यो कम्पनीको इतिहासको सबैभन्दा महत्वकांक्षी परियोजनाहरुमध्ये एक थियो । तर अहिले आएर कम्पनीले यो परियोजना त्यागेको छ ।
कम्पनीले यस परियोजनामा काम गरिरहेका कर्मचारीहरूलाई परियोजना बन्द गर्न लागिएको जानकारी आन्तरिक रुपमा गराएको भन्दै अज्ञात स्रोतलाई उद्धृत गरेर ब्लुम्बर्गले समाचार छापेको छ ।
यस परियोजनामा करिब २ हजार कर्मचारी कार्यरत छन् । कर्मचारीहरूलाई यो जानकारी परियोजनाका जिम्मा पाएका कम्पनीको सीओओ जेफ विलियम्स र केभिन लिञ्चले गराएका थिए । कम्पनीले यो परियोजनाका कार्यरत कर्मचारीहरूको संख्या घटाउने र कयौँ कर्मचारीलाई कृत्रिम बौद्धिकता एकाईमा सार्ने बताइएको छ । यो परियोजनामा सयौंको संख्यामा हार्डवेयर इञ्जिनियर र कार डिजाइनरहरू पनि छन् । यिनीहरूलाई पनि एप्पलका अन्य टिममा सरुवा गर्न सकिने बताइएको छ ।
कति कर्मचारी कटौती हुन्छ भन्ने चाहिँ स्पष्ट छैन । यस मामिलामा कम्पनीले कुनै प्रतिक्रिया दिएको छैन । एप्पलले सन् २०१४ देखि विद्युतीय कार बनाउन अर्बौँ डलर लगानी गरिरहेको थियो ।
एप्पलका अधिकांश वरिष्ठ अधिकारीहरूले परियोजना बन्द गर्ने निर्णय हालैका हप्ताहरूमा गरेको स्रोतले बताएको छ । यसको आधिकारिक घोषणा हुन बाँकी छ । कम्पनीले बनाउने कार निकै महँगो हुने देखिएको थियो । एप्पलका अधिकांश प्रडक्टको प्रोफिट मार्जिन यसमा नपाइने देखिएपछि कम्पनीले यस्तो निर्णय गरेको विश्लेषण गर्न थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण