राष्ट्रिय सभालाई सरकारले हेप्यो : पौड्याल

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले राष्ट्रिय सभालाई सरकारले बेवास्ता बताएकी छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा भाग लिँदै उनले मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्री समेत उपस्थित हुनुपर्ने प्रावधान रहे पनि कर्मचारी समेत उपस्थिति नभएको बताएकी हुन् ।
उनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पढेर सुनाउने अर्थमन्त्री डा. प्रकाशशरण महत नै उपस्थित नभएको सभामा सरकारले सांसदहरूले राखेका धारणा कसरी सुन्छ र ग्रहण गर्छ ? भन्दै प्रश्न गरिन् । उनले भनिन्, ‘बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्नेछ । कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्री समेत उपस्थित हुनुपर्नेछ । आजको सम्बन्धित मन्त्री अर्थमन्त्री हो । किनभने उहाँले यो पढेर सुनाउनुभएको हो यहाँ । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता । उहाँ हुनुहुन्न । उहाँसगै विशिष्ट कर्मचारीहरू पनि हुनुहुन्न । यो भनेको राष्ट्रिय सभाको आज अन्तिम दिनमा बोल्दै गर्दा किन हेपेको होला सरकारले राष्ट्रिय सभालाई भन्ने महसुस भयो । मेरो नियमापत्ति, विरोध नै हो । सरकारले चेतोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेटिङमार्फत भिजिट भिसा, खाडीदेखि युरोपसम्म पठाइन्छन् नेपाली
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
लुम्बिनीका अस्पताल विकास समितिमा कांग्रेस–एमालेबिच भागबन्डा, अन्य दलको विरोध
-
थाइल्यान्डमा सेरेस ३ को लन्चसँगै विश्वभरि बिस्तार
-
एमाले धनुषा अधिवेशन : भोला यादव नेतृत्वको प्यानल विजयी
-
सवारी दुर्घटनामा एक जनाको मृत्यु