क्र्यानबेरीको जुस महिलाहरूको लागि अमृत समान, यस्ता छन् फाइदा
सानो रातो रंगको फल ‘क्र्यानबेरी’ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यो विशेष गरी महिलाहरू को लागी धेरै लाभदायक छ। क्र्यानबेरीलाई पोषणको पावरहाउस पनि भनिन्छ किनभने यसमा भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट आदि प्रशस्त हुन्छ।
यदि महिलाहरूले आफ्नो नियमित आहारमा क्र्यानबेरीको जुस समावेश गरेमा यूटीआई जस्ता रोगहरूबाट बच्न मद्दत गर्छ । साथै रजोनिवृत्ति पछि बुढ्यौलीको गतिलाई पनि कम गर्न सकिन्छ। यहाँ हामी महिलाहरूका लागि क्र्यानबेरी किन फाइदाजनक हुन्छ भनेर बताइरहेका छौँ ।
- रजोनिवृत्ति पछि स्वस्थ राख्न
हेल्थलाइनका अनुसार रजोनिवृत्ति पछि महिनावारी समाप्त हुन लाग्दा महिलामा धेरै हर्मोनल परिवर्तनहरू हुन्छन्। यसका कारण मुड परिवर्तन, डिप्रेसन, राति पसिना आउने, प्रजनन अङ्गमा सुख्खापन र यूटीआईको जोखिम बढ्छ। रजोनिवृत्ति पछिका यी लक्षणहरू क्र्यानबेरीको सेवनले कम गर्न सकिन्छ।
- प्रतिरोधात्मक क्षमतामा वृद्धि
क्र्यानबेरीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । भिटामिन सीको सेवनले महिलाको मुटुलाई स्वस्थ राख्छ भन्ने केही अनुसन्धानले देखाएको छ । यसले महिलामा खराब कोलेस्ट्रोल बढ्नबाट रोक्छ र धमनीमा अवरोधको समस्यालाई हटाउँछ।
- बुढेसकालको लक्षणहरू कम गर्छ
क्र्यानबेरीमा यस्ता एन्टीअक्सिडेन्टहरू पाइन्छन् जसले शरीरलाई फ्रि-रेडिकलको क्षतिबाट बचाउँछ र छालाको कोलाजेन निर्माण बढाउन काम गर्छ। यसले छालामा लचिलोपन कायम राख्छ र यसरी अनुहारमा चाउरीपना सजिलै देखिँदैन।
- पीएमएस लक्षणहरू कम गर्छ
यसमा प्रचुर मात्रामा म्याग्नेसियम पाइन्छ जसले मांसपेशी दुख्ने समस्या निको पार्न मद्दत गर्छ। यसले प्रिमेन्सुरल सिन्ड्रम (पीएमएस) का लक्षणहरू कम गर्न पनि धेरै मद्दत गर्न सक्छ। यसबाहेक यसले डिप्रेसन, चिन्ता, ढाड दुख्ने, ब्रेस्ट टेन्डरनेसजस्ता लक्षणहरूलाई पनि कम गर्छ।
- ओस्टियोपोरोसिस रोक्न
उमेर बढ्दै जाँदा हड्डी कमजोर हुन थाल्छ र क्याल्सियमको कमीले दुख्ने समस्या हुन थाल्छ । तर क्र्यानबेरीमा पाइने म्याग्नेसियमले यो समस्यालाई हटाउन धेरै मद्दत गर्छ र रजोनिवृत्तिको समयमा हड्डीलाई बलियो बनाउन मद्दत गर्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा अमेरिकी आक्रमणको जवाफी आफमण
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
हालसम्म कुन–कुन राष्ट्रिय टीम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण