प्रिमनसुन मौसम प्रणाली सुरु भएसँगै काठमाडौँमा वर्षा (तस्बिरहरु)

काठमाडौँ । हिउँद सकिएपछि प्रिमनसुन मौसम प्रणाली सुरु भएसँगै काठमाडौँमा वर्षा भएको छ । अघिल्लो हप्तादेखि सुरु भएको प्रि मनसुनका कारण आइतवार काठमाडौँमा वर्षा भएको हो ।
प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मे गरी तीन महिनासम्म रहन्छ । प्रि–मनसुनमा दिउँसोपख मेघ गर्जन र चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना हुन्छ ।
यस्तै अबका तीन–चार महिना चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले सावधानी अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् । प्रि मनसुन अघिको हिउँदयाममा यस वर्ष औसतको २१ प्रतिशत मात्रै पानी परेको छ ।
नेपालमा डिसेम्बर १ देखि फेब्रुअरी २९ तारिख अर्थात् मङ्सिर १५ देखि फागुन १७ गतेसम्मको तीन महिनालाई हिउँदयाम मानिन्छ । हिउँदयाममा औसतमा ६० दशमलव एक मिलिमिटर पानी पर्नुपर्नेमा यो वर्ष १२ दशमलव पाँच मिलिमिटरमात्रै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाइते क्रिकेटर सिद्धान्तको उपचारमा क्यानले उपलब्ध गरायो ५ लाख आर्थिक सहयोग
-
कर्णालीमा मन्त्रालय पुनर्संरचनाः मन्त्रीले काम गर्न नसकेपछि छानियो विज्ञ
-
आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको तलब सुविधा दिन निजी मेडिकल कलेजहरूलाई निर्देशन
-
तस्बिरमा हेर्नुहोस् भृकुटीमण्डपमा नेकपा एमालेको ‘युथ सेलिब्रेशन’
-
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता
-
यस्तो छ ‘हेल्लो काँशीराम’ को गीत ‘झ्यामकी मादल झ्याम’