मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

५ जना मृतावस्थामा फेला

बुधबार, २३ फागुन २०८०, १९ : २३
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुर महानगरपालिका-१३ कुसुन्ती खड्काटोल डेरा गरी पर्सा वीरगंज महानगरपालिका-४ घर भएका ४५ वर्षीय विकास लामा आफ्नै डेरा बाहिर बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी सिन्धुलीको तिनपाटन गाउँपालिका-४ बालाजोरगाउँ बस्ने ४२ वर्षीया खडक माया भुजेल सोही ठाउँस्थित बाँस झ्याङ छेउमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

सिरहाको धनगढीमाई नगरपालिका-८ मौवाडाडास्थित घुम्ती पसल संचालन गरी बस्ने ७० वर्षीय राम दयाल महतो पनि सोही पसलमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी झापाको  बिर्तामोड नगरपालिका-४ सिदार्थ होटल नजिकै सोही ठाउँ बस्ने भारत घर भएका ४० वर्षीय सुनिल राजबंशी बुधबार मृत अवस्थामा फेला परेका छन् ।

कैलालीको भजनी नगरपालिका-३ कुसमघाटस्थित मोहना नदीमा पनि २३ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप