गत फेब्रुअरी अहिलेसम्मकै तातो
काठमाडौँ । युरोपियन युनियनको मौसम सेवाले गत फेब्रुअरी आधुनिक समयको सबैभन्दा तातो फेब्रुअरी महिना बनेको जानकारी दिएको छ । वैश्विक तापक्रमले नयाँ रेकर्ड बनाएको लगातार नवौँ महिना थियो ।
सन् २०२३ को जुन महिनादेखि तापक्रमको विषयमा हरेक महिनाले नयाँ कीर्तिमान बनाइरहेको छ । समुद्रको सतहको तापक्रम अहिलेसम्मकै उच्च छ भने एन्टार्टिक सागरमा बरफको तह अहिलेसम्म न्यून स्तरमा पुगेको हो ।
प्रशान्त क्षेत्रको एल निनो मौसमी प्रक्रियाले तापक्रम बढ्दो क्रममा रहेको छ । यद्यपि, मानव निर्मित कारणले पनि तापक्रम वृद्धि भइरहेको विज्ञहरूको भनाई छ ।
औद्योगिकीकरण सुरु भए अघिको तुलनामा गत फेब्रुअरी महिना १.७७ डिग्री सेल्सियसले तातो थियो । यसअघि सन् २०१६ मा कायम गरिएको रेकर्डभन्दा यो ०.१२ डिग्री सेल्सियसले बढी हो । पश्चिम अस्ट्रेलिया, दक्षिण पूर्वी एसिया, दक्षिण अफ्रिका र दक्षिण अमेरिकामा अत्यधिक रूपमा तापक्रम वृद्धि देखिएको छ । -बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण