बिरामी नहुने गाउँ ‘सिक्लेस’
- मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी
पोखरा । कास्की जिल्लाको सदरमुकाम पोखरादेखि करिब ३८ किमीको दूरीमा सुन्दर गाउँ सिक्लेस अवस्थित छ । सिक्लेस गाउँ कास्की जिल्ला मादी गाउँपालिकाको वडा नं १ मा पर्दछ ।
_R5q43uf9lO.jpg)
सिक्लेस गाउँमा करिब ४ सय घरधुरी रहेका छन् । सिक्लेस गाउँलाई गुरुङ भाषामा च्यीली भनेर चिनिन्छ । गाउँको नाम च्यीली कसरी रहन गयो भन्नेबारे विभिन्न किंवदन्तीहरू रहेका छन् ।
_NzXRADW1eG.jpg)
च्यीली शब्दैबाट हालको ‘सिक्लेस’ शब्द कसरी रहन गएको भन्ने बारे हालसम्म कसैले ठोस जवाफ दिन सकेको छैन । यद्यपि सिक (Sick) भन्नाले बिरामी र लेस (less) भन्नाले कम वा अर्थात् बिरामी कम भएको गाउँ भएको हुँदा (Sickless) बाट सिक्लेस (Sikles) नामकरण हुनु गएको भनिन्छ । तर यसमा कुनै ऐतिहासिक, वैज्ञानिक वा तथ्यपरक अर्थ भने नभेटिएको मादी गाउँपालिका वडा न १ का वडा अध्यक्ष देवी जङ्ग गुरुङ बताउँछन् ।
_hFx48W4G8U.jpg)
सिक्लेसमा हाल हर्पथर, लामाथरगैरीथर, धप्राङथर, सभाथर (कोइथर) गरी ५ वटा टोलहरु रहेका छन् । यहाँको प्रमुख पेशाको रूपमा कृषि र पर्यटन होपर्यटन क्षेत्र तर्फ हाल सिक्लेसमा २९ वटा सामुदायिक होमस्टेहरू रहेका छन् भने करिब ४६ वटा होटेलहरू सिक्लेस, काँरीतसा हुगु र क्हफुचे क्षेत्रमा सञ्चालित छन् ।
_Vk6JsFr6xw.jpg)
समुद्री सतहदेखि २ हजार मिटर उचाइमा सिक्लेस गाउँ अन्नपूर्ण र लमजुङ हिमालको काखमा पर्दछ । बिहान सबेरै उठेर जहाँबाट हेर्दा पनि हिमाल छ्याङ्गै खुलेको देखिन्छ । सिक्लेसबाट डेढ घण्टा उकालो हिँडेर २ हजार ३५० मिटरको उचाइ भएको राइजिङ डाँडामा पुग्नासाथ अन्नपूर्ण र लमजुङ हिमालको अवलोकन गर्न पाइन्छ ।
_frdc4OU71z.jpg)
तमु (गुरुङ) हरूको अन्तिम पैतृक राज्य क्होलासोथरबाट पहिलो राज्य विस्तार गरेको सिक्लेस भएकोले यसलाई च्यीली क्ह्याल्सा अर्थात् सिक्लेस राज्य भनेर पनि गुरुङहरूको प्येमा अध्ययन गरिन्छ । यो गाउँमा आफ्नै भाषा, संस्कार, संस्कृति र परम्परा भएको हुनाले गुरुङहरूको इतिहास अध्ययनको पाठशाला हो । नेपालको अक्षांश र देशान्तर दुवै रेखाबाट काटिँदा कायम भएको मध्यबिन्दु कोरी यसै वडामा रहेको छ यसैगरी नेपालकै सबैभन्दा कम उचाइको हिमताल क्हफुचे हिमताल पनि यही वडामा पर्दछ ।
सिक्लेसले देशको मुख्य राजनैतिक महत्त्वमा पनि ठुलो भूमिका निभाएको छ । तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्का नेता बाबुराम भट्टराई मिति २०६३ साल असार २ गते सिक्लेसमा सार्वजनिक भएको र तत्कालीन सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौलाले माओवादी नेताहरु प्रचण्ड, बाबुराम भट्टराईलाई हेलिकप्टरमार्फत सिधै बालुवाटारमा सार्वजनिक गरी शान्ति सम्झौताको रेखा कोरेको हुनाले विस्तृत शान्ति सम्झौताको प्रस्थान विन्दुको रूपमा नेपाली राजनीतिको इतिहासमा सिक्लेसलाई लिने गरिन्छ ।
_5kCj88qmAx.jpg)
_RP8nmBMV3F.jpg)
_9O791FLAwn.jpg)
_gOxUIkWHhb.jpg)
_rekIeIjU3k.jpg)
_CtUyhMq72F.jpg)
_XRMChvqAZl.jpg)
_DeZNE8uKye.jpg)
_OehAHEtUU7.jpg)
_doYZ3Sts49.jpg)
_ULHXcYpZ4h.jpg)
_6vaaTEy9tp.jpg)
_ubYNlGNS6Q.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
-
रूपान्तरणको हाइवे कि विरोधाभासको सुरुङ ?
-
तिङ्करको १ नम्बर सीमा स्तम्भमै अभिनेता खड्काको पुस्तक विमोचन
-
ट्रकमा फल्स बटम बनाई लुकाइछिपाई राखेको गाँजासहित दुई जना नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण