आफूमाथिको आक्रमणविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ठाकुरमोहनले दिए प्रहरीमा उजुरी
प्रहरीले संकलन गर्यो सिसिटिभी फुटेज
सोमबार, २८ फागुन २०८०, १२ : ०२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ठाकुरमोहन श्रेष्ठले आफूबिरुद्ध भएको आक्रमणबारे अनुसन्धान गर्न माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । श्रेष्ठले प्रहरी वृत महाराजगञ्जमा ठाडो उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए ।
राप्रपाको कार्यसम्पादन समिति सदस्य समेत रहेका पूर्व एआईजी श्रेष्ठमाथि आइतबार धुम्बाराहिस्थित पार्टी कार्यालयमा आक्रमण भएको थियो । आक्रमणमा संलग्नहरू आरोपीहरू फरार छन् । घटना अनुसन्धान गर्न सिसिटिभी फुटेज संकलन गरिएको एसएसपी खत्रीले बताए । उनले भने– ‘सिसिटिभी फुटेज विश्लेषण गर्दैछौँ ।’
श्रेष्ठले आफूमाथि उपाध्यक्ष विक्रम पाण्डेको योजनामा आक्रमण भएको उजुरीमा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण