गृह सचिवमा अर्याल
काठमाडौँ । सरकारले गृह मन्त्रालयको सचिवमा एक नारायण अर्याललाई पठाएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले अर्याललाई गृहमा सरुवा गर्ने निर्णय गरेको हो।
अर्याल विगत एक वर्षदेखि प्रधानमन्त्री कार्यालयमा कार्यरत थिए । यसअघिको गठबन्धन नेपाली कांग्रेस र माओवादी सरकारले अर्याललाई जिम्मेवारी नदिई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा थन्क्याएर राखेको थियो। सहसचिव हुँदा काठमाडौँको सीडीओ रहिसकेका अर्याल निर्णय क्षमतामा अब्बल मानिन्छन् ।
श्रम मन्त्रालयको सचिव हुँदा वैदेशिक रोजगार सम्झौतामा राम्रो भूमिका खेलेका अर्याल सत्ताको प्रमुख घटक एमालेको सिफारिसमा गृहमा प्रवेश भएका हुन् । मन्त्रीपरिषद्का सदस्य एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले अर्यालको सरुवा गृहमा भएको पुष्टि गरे।
गृह सचिव दिनेश भट्टराईको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण