बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गृह सचिवमा अर्याल

सोमबार, २८ फागुन २०८०, १८ : ३३
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । सरकारले गृह मन्त्रालयको सचिवमा  एक नारायण अर्याललाई पठाएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले अर्याललाई गृहमा सरुवा गर्ने निर्णय गरेको हो।

अर्याल विगत एक वर्षदेखि प्रधानमन्त्री  कार्यालयमा कार्यरत थिए । यसअघिको गठबन्धन नेपाली कांग्रेस र माओवादी सरकारले अर्याललाई जिम्मेवारी नदिई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा थन्क्याएर राखेको थियो। सहसचिव हुँदा काठमाडौँको सीडीओ रहिसकेका अर्याल निर्णय क्षमतामा अब्बल मानिन्छन् ।  

श्रम मन्त्रालयको सचिव हुँदा वैदेशिक रोजगार सम्झौतामा राम्रो भूमिका खेलेका अर्याल सत्ताको प्रमुख घटक एमालेको सिफारिसमा गृहमा प्रवेश भएका हुन् । मन्त्रीपरिषद्का सदस्य एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले अर्यालको सरुवा गृहमा भएको पुष्टि गरे।

गृह सचिव दिनेश भट्टराईको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप