बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चीन, रुस र इरानले संयुक्त नौसैनिक अभ्यास गर्ने

सोमबार, २८ फागुन २०८०, २१ : १७
सोमबार, २८ फागुन २०८०

बेइजिङ । चीन, रुस र इरानका नौसेनाहरूले यसै साता ओमानको खाडीमा संयुक्त अभ्यास गर्ने बेइजिङले सोमबार बताएको छ । 

चीनको रक्षा मन्त्रालयद्वारा सामाजिक सञ्जाल विच्याटमा प्रकाशित विज्ञप्तिअनुसार सोमाबारदेखि शुक्रबारसम्म आयोजना हुने सैन्य गतिविधिको उद्देश्य ‘क्षेत्रीय सामुद्रिक सुरक्षालाई संयुक्तरूपमा कायम राख्ने’ रहेको छ । विज्ञप्तिमा धेरै विवरण उल्लेख नगरी भनिएको छ, “चीनले अभ्यासमा सहभागिता जनाउनका लागि निर्देशित–मिसाइल विनाशक उरुम्की, निर्देशित–मिसाइल फ्रिगेट लिनी र व्यापक आपूर्ति जहाज डोङपिङ्हु पठाउने छ ।”

यस क्षेत्रमा गत वर्ष मार्चमा यी तीनै मुलुकबिच ‘सेक्युरिटी बन्ड २०२३’ नामक अभ्यास भएको थियो । गाजामा युद्ध चर्किएको र यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरमा जहाजहरूमा आक्रमण सुरु गरेकाले यस वर्षको संयुक्त अभ्यासको चरण यस क्षेत्रमा बढ्दो तनावसँग मेल खाएको छ । 

मुलुकको प्रशान्त फ्लिटबाट भर्याग क्रुजरको नेतृत्वमा जहाजहरूको एउटा टुकडी अभ्यासअघि सोमबार इरानी बन्दरगाह चाह बहार आइपुगेको रुसी राज्य मिडियाले बताएको छ । 

“अभ्यासको व्यावहारिक हिस्सा अरब सागरमा ओमानको खाडीको पानीमा हुनेछ”, रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीहरूले भनेका छन्, “युद्धाभ्यासको प्रमुख उद्देश्य भनेको सामुद्रिक अर्थिक गतिविधिको सुरक्षामा काम गर्नु हो ।” -(रासस/एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप